काठमाडौँ(जस)–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अबको एक महीनाभित्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल चेम्बर अफ कमर्शद्धारा बुधबार यहाँ आयोजित “नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका सम्भावना तथा सहजीकरणका सन्दर्भमा निजी क्षेत्रको भूमिका” विषयक अन्तक्र्रियामा मन्त्री भट्टराईले पहिलेको तुलनामा सुधार भएको र आकाशमा हुने ‘हवाई ट्राफिकिङ’ लगायतका समस्यालाई अझै व्यवस्थित ढङ्गबाट समाधान गरी समग्र सुधार गर्ने बताए ।
उनले भने,“पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले विमानस्थलको सुधार, भूकम्पबाट भत्किएका सम्पदाको पुनःसंंरचना लगायतका कामलाई सरकारले तीव्रता दिएको छ, पर्यटन वर्षलाई सफल बनाउन सबैको सहयोगको अपेक्षा गर्दछु ।”मन्त्री भट्टराईले सगरमाथामा फोहरका कारण जाम भए÷नभएको बारेमा अध्ययन गरेर मन्त्रालयले प्रतिवेदनसमेत सार्वजनिक गरेको जानकारी दिए । उनले विमानस्थलमा खटिएका कर्मचारीलाई सकारात्मक सोचको तालीमको समेत व्यवस्था गरिएको बताउँदै आन्तरिक उडानमा देखिएका समस्यासमेत समाधान गर्ने बताए ।
मन्त्री भट्टराईले आन्तरिक विमानस्थलको विकास र विस्तारको काम भइरहेको भन्दै पोखरा, बारा र रुपन्देहीलगायतका स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तीव्रताका साथ अघि बढिरहेको बताए । चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले भारत र चीन लगायतका मुलुकको जनसङ्ख्याको करीब ०.१ प्रतिशत पर्यटकलाई नेपाल ल्याउनुपर्नेमा जोड दिए । चेम्बरका निवर्तमान अध्यक्ष सुरेशकुमार बस्नेत र वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ललगायतले नेपालको पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार समक्ष आग्रह गरे ।
पर्यटन विकासका लागि सरकार गम्भीर ः मन्त्री भट्टराई
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका छन् । नवनियुक्तमन्त्री भट्टराईलाई बुधबार मन्त्रालयमा बधाई दिन पुुगेको नेपाल व्यापार सङ्घको टोलीसँग कुराकानी गर्दै उनले मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको यस क्षेत्रको विकासमा मन्त्रालय लागिरहेको बताएका हुन् ।
‘सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ, यसलाई पूरा गर्न मन्त्रालयले गर्नुपर्ने आवश्यक काम गरिरहेको छ”, मन्त्री भट्टराईले भन्नुुभयो, “पर्यटन क्षेत्रमार्फत मुलुुकको विकासका लागि सरकारले गम्भीर भएर काम गरिरहेको छ ।” सङ्घका अध्यक्ष कुमार कार्कीले तातोपानी र केरुङ नाकामा व्यापारीले भोग्नुुपरेको समस्याबारे मन्त्री भट्टराईको ध्यानाकर्षण गराउनुका साथै उनको सफल कार्यकालका लागि शुभकामनासमेत व्यक्त गरेका थिए ।