कतार । कतारमा हिजो साँझ भएको झगडामा २ नेपालीको मृत्यु भएको खबर प्राप्त भएको छ । बंगलादेशको नागरिक र नेपाली बिच भएको झगडा नेपालीको पर्स खोस्ने क्रमबाट सुरु भएको बारेमा कतारबाट जानकारीमा आएको छ ।
सो विवाद चर्किदै गएपछि बंगलादेशका नागरिकहरुको समूह मिलेर ५ जना नेपाली माथि सांघातिक हमला गरेको भनेर कतारबाट जानकारी प्राप्त भएको हो ।
कतारको राजधानी दोहाको अति व्यस्त स्थान जेद्धा टावरमा सो घटना भएको हो ।
हातहतियार सहितको बंगलादेशका नागरिकहरुको आाक्रमणमा परी सुनसरी जिल्ला हरिनगर गाउँपािलका घुस्की भन्ने स्थानका महफुज आलमको घटनास्थलमै मृत्यु भएको र अन्यको परिचय नखुलेको बताए ।
सो सिलसिलामा कतारको प्रहरीले केहि आकक्रमणकारीहरुलाई आफ्नो कब्जामा लिएको र केहि चाहिँ भाग्न सफल भएको भन्ने जानकारीमा आएको छ ।