मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

रिटर्नी सेन्टर नेपालको प्रदेश अभियान कर्णालीबाट

मंगलबार, साउन ३० २०८०

काठमाडौं । शनिबार सुर्खेतको बिरेन्द्रनगरमा जनक परियार बिन्दमानको संयोजकत्वमा एक कार्यक्रम गर्दै रिटर्नी सेन्टर नेपालको प्रदेश कमिटि गठन गर्ने अभियान कर्णालीबाट शुरु भएको छ l

रिटर्नी सेन्टर नेपालको केन्द्रिय संयोजक देबेन्द्र सम्बाहाम्फेको प्रमुख आतिथ्यमा भएको सो प्रदेश कमिटीमा सहसंयोजक शैलेन्द्र खत्री ,सचिव प्रेम सिँह तिरुवा,सदस्य चन्द्र प्रकाश भारती,अस्मिता रोकामगर ,दिपक शाह,हिरादेवि बिक,मन ब. शर्मा, नवीन रोकाय,जनादेवि बुढा,पुर्ण ब.रोकाय रहेका छन l

कार्यकमका प्रमुख अतिथि सम्बाहाम्फेले विदेशबाट सिकेको श्रम,सिप, पुंजीलाइ नेपाल विकास अभियानमा सदुपयोग गर्नुपर्ने बताए l उहालें माओबादी जनयुद्ध कर्णालीबाट शुरु भए जस्तै रिटर्नी सेन्टर नेपालको अभियान पनि कर्णालीबाट शुरु भएको हुनाले निश्चितरुपमा हाम्रो अभियान सफल हुने पुन बताए l त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि कर्णाली प्रदेश उर्जा तथा जलश्रोत मन्त्री उर्मिला बिकले उद्यमशीलता र आत्मनिर्भरतालाई पहल गरेर रिटर्नी सेन्टर नेपालले बेरोजगारीलाई रोजगारीमा परिणत गर्नुपर्ने बताइन l

भारि बर्षाका बाबजुदमा पनि शुरु भएको सो कार्यक्रममा बिशिष्ठ अतिथि रिटर्नी सेन्टर नेपालका केन्द्रिय सचिब भिम लकान्द्रीले हामीले रिटर्नी सेन्टर नेपालको संगठन तिब्र रुपमा विस्तार गर्ने तथा प्रवासमा हाम्रो पार्टीमा आबद्ध भएर सक्रिय रुपमा काम गरेर नेपालमा फर्केका रिटर्नीहरुलाई हाम्रो मुलधारमा ब्यबस्थापन गर्ने बताए l त्यस्तै रिटर्नी सेन्टर नेपाल कर्णाली प्रदेशका संयोजक जनक परियार बिन्दमानले कर्णाली प्रदेशमा संगठनको विस्तार गर्ने ,उत्पादनमुलक तथा अरु भातृसंगठनको भन्दा फरक काम गर्ने बताए l

कार्यक्रममा कर्णाली प्रदेश पार्टी अध्यक्ष बिमला केसि ,रिटर्नी सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष तथा बागमती प्रदेशका इन्चार्ज हेमन्त पौडेल ,केन्द्रिय उपाध्यक्ष तथा कर्णाली प्रदेशका इन्चार्ज भिम रोकाय मुस्कान , केन्द्रिय उपाध्यक्ष तथा सुदुरपश्चिम प्रदेशका प्रदेशका इन्चार्ज अस्मित सिंह ,केन्द्रिय सचिवालय सदस्य बालकृष्ण मरासिनीले आआफ्नो मन्तब्य ब्यक्त गरेका छन l

प्रतिक्रिया
सम्बन्धित समाचार