शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३

बाेडेस्थित हाेल्डिङ सेन्टर पुग्याे प्रहरी, सुकुम्बासीमाथि धरपकड

शुक्रबार, मंसिर ११ २०८३

‎काठमाडौंर  । प्रहरीले भक्तपुरको बाेडेस्थित हाेल्डिङ सेन्टरबाट सुकुम्बासीलाई धरपकड गरेको छ ।

‎शुक्रबार बिहानदेखि होल्डिङ सेन्टरको गेटबाहिर पलेँटी कसेर धर्ना बसेकालाई प्रहरीले समातेर लगेकाे हाे ।
‎
‎सुकुम्बासीहरुले कोही ‘व्यवस्था नगरी हटाउन पाइँदैन!’ लेखिएको पर्चा समातेका थिए भने कोहीले ‘हाम्रो बास खोस्न पाइँदैन, तानाशाही चलाउन पाइँदैन!’ लेखेका छन्।
‎
‎सँगै बसेका अर्का बालकले ‘बास नदिई निकाल्ने सरकार मुर्दावाद!’ लेखिएको कागज उचालेका छन् भने छेवैमा बसेकी एक महिलाको हातमा ‘होल्डिङ सेन्टर उठिबास बन्द गर!’ लेखिएको पर्चा छ।
‎
‎बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको होल्डिङ सेन्टरमा आश्रित १९ परिवारका ५९ जना विस्थापित शुक्रबार बिहानैदेखि यसरी रित्तो थाल ठटाएर प्रदर्शनमा उत्रिएपछि प्रहरीले उनीहरूलाई समातेकाे हाे ।
‎
‎जिल्ला प्रशासन कार्यालय भक्तपुरले मंसिर ९ गते सूचना टाँसेर शुक्रबार दिउँसो २ बजेभित्र सेन्टर खाली गर्न अल्टिमेटम दिएपछि उनीहरू आन्दोलित बनेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार