शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३

तीन वर्षपछि पर्दामा भुवन–अर्जुनको पुनर्मिलन, अंग्रेजी नयाँ वर्षबाट सुटिङको तयारी

बिहिबार, मंसिर १० २०८३

काठमाडौं । नेपाली सिनेमाका चर्चित अभिनेता भुवन केसी र अर्जुनजंग शाही करिब ३० वर्षपछि पुनः एउटै पर्दामा देखिने भएका छन् । सिनेमा ‘सन्तान’ पछि यी दुई कलाकारको पुनर्मिलन नयाँ सिनेमा ‘तिमी मेरो म तिम्रो’ मार्फत हुन लागेको हो ।

तीन दशकपछि एउटै पर्दामा फर्किन लागेका यी दुई कलाकारलाई जोड्ने कथामा आखिर त्यस्तो के विशेष छ ? ३० वर्षको अन्तरालपछि हुन लागेको यो पुनर्मिलनले सिनेमाको कथालाई कस्तो मोड दिनेछ ? यतिबेला चासोको विषय बनेको छ।

सिनेमाको शीर्षकले नै प्रेमकथाको संकेत गर्छ । हँसाएर दर्शकको मन जित्दै आएका जितु नेपाल यसपटक प्रेमको कथामा दर्शकलाई हँसाउने हुन् कि रुवाउने पनि ?

प्रेम र सम्बन्धका यस्तै रोचक प्रश्नलाई सिनेमा ‘तिमी मेरो म तिम्रो’ ले पर्दामा प्रस्तुत गर्ने टिमको दाबी छ ।

सन्तोष अधिकारी फिल्म्सको प्रस्तुति तथा एसएपी इन्टरटेनमेन्ट अस्ट्रेलिया प्रालिको सहकार्यमा निर्माण हुन लागेको फिल्मको निर्देशन घनश्याम लामिछानेले गर्दैछन् । सिनेमाको पटकथा मनिष गौतमले लेखेका हुन् ।

सिनेमाको विषयवस्तुबारे प्रस्ट पार्दै निर्देशक लामिछानेले आफूले सधैं सिनेमामा फरक विषयवस्तु प्रयोग गर्दै आएको र यसपटक पनि दर्शकलाई केही भिन्न स्वाद दिने प्रयास गरेको बताएका छन् । प्रेममा उमेरभन्दा भावना ठूलो हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि फिल्मको कथासँग जोडिएको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार