शुक्रबार, मंसिर ४ २०८३

शुक्रबार, मंसिर ४ २०८३

आजको मौसम : तराई र उपत्यकामा हुस्सु/कुहिरो लाग्न

शुक्रबार, मंसिर ४ २०८३

काठमाडौं । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव छैन।

 

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको हिमाली र पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभाग, उपत्यका तथा खोँचहरूका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ।

 

दिउँसो कोशी र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

 

राति भने कोशी र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ।

 

आगामी पाँच दिनका लागि कुनै मौसमी चेतावनी जारी गरिएको छैन। यद्यपि सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार