मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

कारागारबाट कैदी फरार प्रकरणः घटनाको छानविन गर्न डिआईजी सापकोटा डोल्पामा

मंगलबार, कार्तिक १७ २०८३

सुर्खेत। गत शुक्रबार डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका कैदीहरु खोज्न र आवश्यक निर्देशन दिन कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटा मंगलबार डोल्पा पुगेका छन् ।

उनीसहित डोल्पामा केन्द्रीय छानविन टोलीसमेत पुगेर अनुसन्धान थालेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका एसएसपी सन्तोषसिंह राठौरले जनाकारी दिए ।

‘कर्णाली प्रदेश कार्यालय नेपालगन्जका एसएसपी राजीव बस्नेतको नेतृत्वमा छानविन टोली गठन भएको थियो । उक्त टोली पनि आजै डोल्पा पुगेर आवश्यक अनुसन्धान गर्न सुरु गरेको छ,’ उनले भने, ‘कारागारको सुरक्षा व्यवस्थापन, कैदीबन्दी फरार हुनुअघिको अवस्था, सुरक्षाकर्मीको जिम्मेवारी र निगरानीमा भएको कमजोरीबारे स्थलगत अध्ययन गर्नेछ ।’

शुक्रबार राति ५ जना जबर्जस्ती करणी र ३ जना चोरी मुद्दाका कैदीले करिब rf/ मिटर लामो सुरुङ खनेर भागेका थिए । भागेका कैदीमध्ये दुईजना आजै रुकुममा फेला परेका छन् ।  अझै ६ फेला पर्न सकेका छैनन् ।
 

प्रतिक्रिया
सम्बन्धित समाचार