मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

सरकारका कामकारबाहीबारे छलफल गर्न कांग्रेसले बोलायो प्रतिपक्षी दलको बैठक

सोमबार, कार्तिक १६ २०८३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गर्न प्रतिपक्षी दलहरूको बैठक बोलाएको छ ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको छ ।

बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आमन्त्रण गरिएको छ ।

आङ्देम्बेका अनुसार बैठकमा सरकारको जवाफदेहिता, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भूमिका, पत्रकार पक्राउ तथा सञ्चारमाध्यममा प्रहरी परिचालनका विषयमा छलफल हुनेछ ।

यस्तै, विभिन्न घटनासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र निष्पक्ष अनुसन्धान सुनिश्चित गर्नुपर्ने विषयमा पनि छलफल हुने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार