बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एनआरएनएका पदाधिकारीलाई क्षमता अभिवृद्धि तालिम

बुधबार, कार्तिक ११ २०८३

काठमाडौं(जस)–गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का पदाधिकारीहरूको नेतृत्व तथा संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीनदिने रणनीतिक कार्यशाला सुरु भएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), एनआरएनए र स्विस सरकारको सहकार्यमाकार्यशाला आयोजना गरिएको हो । बुधबारदेखि अक्टोबर ३० सम्म सञ्चालन हुने कार्यशालामा संघका विभिन्न राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सचिवालयका कर्मचारी सहभागी छन् ।
कार्यशालामा एनआरएनएका अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष रोजिना प्रधान राई, कोषाध्यक्ष कृष्ण तिमल्सिना, सचिव दीपेश खत्री, युरोप क्षेत्रीय महिला उपसंयोजक किरण सिग्देल र राधा तथा एनसीसी यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीलगायत सहभागी छन् । कार्यशालाको मुख्य उद्देश्य सहभागीहरूको नेतृत्व क्षमता, रणनीतिक योजना निर्माण, संस्थागत व्यवस्थापन र कार्यसम्पादन क्षमता अभिवृद्धि गर्नु रहेको छ । यसका माध्यमबाट पदाधिकारीलाई संस्थाको उद्देश्यअनुरूप प्रभावकारी योजना बनाउन, कार्यान्वयन गर्न र संस्थागत जिम्मेवारी पूरा गर्न आवश्यक ज्ञान तथा सीप प्रदान गरिनेछ ।
कार्यशालामा संस्थाको दीर्घकालीन लक्ष्यअनुसार योजना निर्माण, उपलब्ध स्रोतसाधनको प्रभावकारी परिचालन र संस्थागत जिम्मेवारी निर्वाहलाई थप व्यवस्थित बनाउने विषयमा केन्द्रित रहने अपेक्षा गरिएको छ । राष्ट्रिय समन्वय परिषद्हरूको कामलाई प्रभावकारी बनाउन पदाधिकारीबीच साझा बुझाइ विकास गर्नु पनि यसको उद्देश्य हो ।
एनआरएनएका राष्ट्रिय समन्वय परिषद्हरूले सम्बन्धित देशमा रहेका नेपाली समुदायका आवश्यकता पहिचान गर्ने, उनीहरूका हितमा कार्यक्रम सञ्चालन गर्ने तथा संघका उद्देश्य कार्यान्वयन गर्ने जिम्मेवारी निर्वाह गर्दै आएका छन् । त्यसका लागि पदाधिकारीको नेतृत्व क्षमता र संस्थागत व्यवस्थापनमा सुधार आवश्यक हुने भएकाले कार्यशालालाई महत्त्वपूर्ण रूपमा हेरिएको छ । कार्यशालाले राष्ट्रिय समन्वय परिषद् र संघको सचिवालयबीच समन्वय सुदृढ गर्न, संस्थागत कार्यसम्पादनमा एकरूपता ल्याउन तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
आईएलओ, एनआरएनए र स्विस सरकारको सहकार्यमा सञ्चालित परियोजनाअन्तर्गतको यस कार्यक्रमले राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीलाई संस्थागत जिम्मेवारी थप व्यवस्थित र प्रभावकारी रूपमा निर्वाह गर्न सहयोग गर्ने आयोजकको अपेक्षा छ । तीन दिनसम्म सञ्चालन हुने कार्यशालाबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै राष्ट्रिय समन्वय परिषद्हरूको कार्यक्षमता सुधार गर्ने तथा संघका कार्यक्रमलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार