शुक्रबार, कार्तिक ७ २०८३

शुक्रबार, कार्तिक ७ २०८३

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

शुक्रबार, कार्तिक ७ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारततर्फ प्रस्थान गरेका छन् । पत्नी निकितासहित उनी शुक्रबार बिहान भारत प्रस्थान गरेका हुन् । उनी काठमाडौँबाट धनगढी हुँदै भारत प्रस्थान गरेका हुन ।

लामिछानेको निजीसचिवालयले यो भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटन भएको बताएको छ । भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार