काठमाडौँ । दसैं नजिकिएसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खसी बजारमा चहलपहल बढ्न थालेको छ। दसैंका लागि खसी, बोका र च्यांग्रा खरिदबिक्री गर्ने तयारीसँगै बजारमा पशुचौपाया भित्रिने क्रम तीव्र बनेको छ। बजारमा बाहिरबाट खसी, बोका र च्यांग्रा धमाधम ल्याउन थालिएपछि दसैं को रौनक थपिन थालेको छ।