सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३

नेपाली बजारमा सोमबार सुनचाँदी मूल्यमा गिरावट

सोमबार, असोज २६ २०८३

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँले घटेर दुई लाख ९४ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुन प्रतितोला दुई लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य २५ रुपैयाँले घटेर प्रतितोला चार हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आइतबार प्रतितोला चार हजार ४४० रुपैयाँ कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार