गोरखा । गोरखाको बुढीगण्डकी नदीमा बिहान ४:३०मा आएको बाढी आइतबार बिहान ७ः३० बजे सोती बजारमा पुगेको छ। बाढीले बजारमा रहेको पुल र केही टहराहरू बगाएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।
बाढीका कारण धार्चे गाउँपालिका क्षेत्रका भौतिक संरचनामा समेत क्षति पुगेको छ। धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङका अनुसार दोभानमा रहेको बेलिब्रिज, केरौंजा जाने पुल तथा केही बस्तीका घरहरू बाढीले बगाएको छ।
बुढीगण्डकी नदीको बहाव बढ्दै जाँदा नदी आसपासका बस्तीमा जोखिम थपिएको छ। गोरखाका विभिन्न स्थानमा बाढीले क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि हेलिकोप्टर परिचालन गरिएको छ।