शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३

बूढानीलकण्ठबाट २१ किलो सुन बरामद

अनलाइन सट्टेबाजी र क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

बिहिबार, असोज २२ २०८३

काठमाडौं(जस)–काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बिहीबार साँझ बूढानीलकण्ठबाट २१ किलो सुन बरामद गरेको हो । प्रहरीले विशेष सूचनाको आधारमा सुन बरामद गरेको हो ।
बरामद सुनमध्ये ११ किलो तयारी अवस्थामा रहेको र १० केजी प्रशोधन गर्ने गरी राखिएको अवस्थामा भेटिएको बताइएको छ । प्रहरीले यसकाबारेमा शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ ।
अनलाइन सट्टेबाजी र क्रिप्टो कारोबार गर्ने युवक पक्राउ
प्रहरीले ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्ने २२ वर्षीय बिक्की कुमार महतो रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार असोज २१ गते साँझ माइतीघरस्थित सडकखण्डमा शंकास्पद अवस्थामा हिँडिरहेको भेटिएपछि प्रहरीले महतोलाई नियन्त्रणमा लिएर सोधपुछ तथा जाँच गरेको थियो । अनुसन्धानका क्रममा उनले वानएक्स बेट एपमार्फत अनलाइन सट्टे गर्ने तथा गराउने गरेको खुलेको प्रहरीले जनाएको छ । साथै, उनले क्रिप्टोकरेन्सीको कारोबारसमेत गर्दै आएको पाइएको छ ।
प्रहरीका अनुसार महतोले हालसम्म ३ करोड ३८ लाख ८ हजार ३ सय ५० रुपैयाँ ९१ पैसाभन्दा बढीको कारोबार गरेको देखिएको छ । उनको साथबाट एक थान मोबाइल बरामद गरिएको छ । अभौतिक मुद्रा र सट्टेबाजीसम्बन्धी कसुरमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार