काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव वा सोसरह) का ४४ जना कर्मचारीको एकसाथ सरुवा गरेको छ। असोज २० गतेको मन्त्रिस्तरीय निर्णयानुसार शिक्षा, प्रशासन तथा इन्जिनियरिङ सेवाका कर्मचारीको सरुवा गरिएको हो।
मन्त्रालयका अनुसार सरुवा हुने उपसचिवहरूमा लोकबहादुर लोप्चन, गेहनाथ गौतम, गोमादेवी चेम्जोङ, बासुदेव रेग्मी, विनोदकुमार पोखरेल, सीता परियार, मेघनाथ पाध्या, वेदनिधि खनाल, कल्पना घिमिरे नेपाल र चेतराज बराल रहेका छन्।
त्यस्तै, डोरेन्द्र निरौला, दीपक ज्ञवाली, गंगाधर पौडेल, टेक कुमार रेग्मी, चित्रांगत बराल, दीर्घराज उपाध्याय, रामप्रसाद घिमिरे, जयराम श्रेष्ठ, रोजेन्द्रबहादुर अर्याल र शिवप्रसाद लम्सालको पनि सरुवा भएको छ।
यसैगरी हरि पंगेनी, अमृत महर्जन, ज्योति केसी बराल, प्रेमकाजी महर्जन, प्रकाश देवकोटा, अशोककुमार भण्डारी, केशव पौडेल, सिर्जना शर्मा, विष्णुराज बेल्बासे र सचिन्द्रकुमार यादवको पनि सरुवा गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयको निर्णयअनुसार सरुवा हुने अन्य उपसचिवहरूमा रोशनकुमार कठायत, सूर्यप्रसाद चापागाईँ, विष्णुप्रसाद पौडेल, जितेन्द्रकुमार यादव, घनश्याम भुसाल, हरिचन्द्र जोशी, केशवराज भट्टराई, अशोक अधिकारी, खेमराज काफ्ले, आशिष अर्याल र अनिल भुजेल रहेका छन्।
सरुवा भएका कर्मचारीहरूलाई यथाशीघ्र तोकिएको मन्त्रालय, विभाग वा निकायमा काज/सरुवा भई खटिन निर्देशन दिइएको छ।
https://fileswarehouse.com/newskarkhana/videos/1791346305273_2083-06-20-Upasachib-Saruwa.pdf.pdf?X-Amz-Content-Sha256=UNSIGNED-PAYLOAD&X-Amz-Algorithm=AWS4-HMAC-SHA256&X-Amz-Credential=UK1831257KPP38AKWJ01%2F20261007%2Fus-west-1%2Fs3%2Faws4_request&X-Amz-Date=20261007T043207Z&X-Amz-SignedHeaders=host&X-Amz-Expires=567773&X-Amz-Signature=d8288e5f5345a1aac9d028840595ed4e476b81951d9895090824c3c23b0794da