शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३

‘नेपाली जनसम्पर्क समितिबाट केन्द्रीय सदस्यमा निर्वाचित हुने ७ जनाका लागि को–को छन् उम्मेदवार ?

बुधबार, असोज २१ २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएसँगै निर्वाचन समितिले उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरेको छ ।

जसअनुसार ‘नेपाली जनसम्पर्क समिति’ को कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित हुने ७ जनाका लागि विभिन्न भौगोलिक क्षेत्रबाट उम्मेदवारहरूले प्रतिस्पर्धा गर्ने भएका छन्।

१. महिला (२ जना निर्वाचित)
प्रवासमा रहेका जनसम्पर्क समिति अन्तर्गतको यस पदका लागि चन्दा अधिकारी, नन्दि कुमारी न्यौपाने, निर्मला थापा मगर, रविना थापा, डा. संगीता कार्की कुँवर र सिता सापकोटा घिमिरेले उम्मेदवारी दिएका छन्।

२. युरोप क्षेत्र (१ जना निर्वाचित):
यस क्षेत्रबाट अंकित ओली, इन्द्र प्रसाद शर्मा, जितेन्द्र विक्रम शाही, टंक लम्साल, पूर्ण तिमिल्सिना, पूर्ण बहादुर हमाल, विजय मोक्तान र विश्व आदर्श पण्डितले उम्मेदवारी दर्ता गराएका छन्।

३. ओसियाना-अमेरिका क्षेत्र (१ जना निर्वाचित):
यस क्षेत्रबाट अमृत वोस्ति, कञ्चन पोखरेल, कृष्ण गिरी (जगन्नाथ), रामकुमार मिश्र, रामजिवि पन्थ, सिए. विधा भूषण कार्कीले उम्मेदवारी दिएका छन्।

४. मध्यपूर्व क्षेत्र (१ जना निर्वाचित):
यस क्षेत्रबाट पुरुषोत्तम खनाल, रित बहादुर कटुवाल, विमल सुवेदी, खेमराज बस्नेत र चण्डि प्रसाद योञ्जाले प्रतिस्पर्धा गर्दैछन्।

५. एसिया प्रशान्त क्षेत्र (१ जना निर्वाचित):
यस क्षेत्रबाट दण्डपाणि कँडेल, नवराज शिवाकोटी, नारायण प्रसाद सुवेदी, डा. बलराम श्रेष्ठ, विनोद बहादुर थापा, सुरेश कोइरालाले उम्मेदवारी दिएका छन्।

६. भारत (१ जना निर्वाचित):
भारतबाट धर्मराज काफ्ले र बालकृष्ण पाण्डेले उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार