मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनबाट लामा,पाण्डे र बुढाथोकी महाधिवेशन प्रतिनिधि छनोट

बुधबार, असोज २१ २०८३

काठमाडौं,नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि पार्टीको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनबाट तीन जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन्।

एसोसिएसनबाट कार्यवाहक अध्यक्ष सुवर्ण लामा,
उपाध्यक्ष हिरादेवी बुढाथोकी,महासचिव सुमनराज पाण्डे महाधिवेशन प्रतिनिधिका रूपमा सर्वसम्मत छनोट भएका हुन्।

एसोसिएसनलाई यसअघि पाँच वा सात जना महाधिवेशन प्रतिनिधि उपलब्ध गराइने चर्चा चले पनि पार्टीबाट अन्तिम रूपमा तीन जना प्रतिनिधि पठाउने पत्र प्राप्त भएपछि सोहीअनुसार प्रतिनिधि छनोट गरिएको कार्यवाहक अध्यक्ष सुवर्ण लामाले बताए।

पार्टीको शुभेच्छुक संस्थाका रूपमा नेपाली कांग्रेससँग आबद्ध वैदेशिक रोजगार व्यवसायीहरूको प्रतिनिधित्व गर्दै लामा, पाण्डे र बुढाथोकी १५औँ महाधिवेशनमा सहभागी बाएका छन ।

वैदेशिक रोजगार क्षेत्र नेपाली अर्थतन्त्र र रोजगारीसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण क्षेत्र भएकाले महाधिवेशनमा यस क्षेत्रका व्यवसायी तथा श्रमिकसँग सम्बन्धित विषयलाई प्रभावकारी रूपमा उठाउनुपर्ने आवश्यकता रहेको एसोसिएसनका पदाधिकारीहरूको धारणा छ।

महाधिवेशन प्रतिनिधिका रूपमा छनोट भएका तीनै जनाले पार्टीको नीति, विचार र संगठनलाई थप सुदृढ बनाउन तथा वैदेशिक रोजगार क्षेत्रका समस्या र व्यवसायीका जायज विषयलाई पार्टी नेतृत्वसम्म पुर्‍याउन भूमिका खेल्ने अपेक्षा गरिएको छ।

पछिल्लो समय वैदेशिक रोजगार क्षेत्रमा देखिएका नीतिगत जटिलता, व्यवसायीका समस्या, श्रमिकको सुरक्षा, सेवा प्रवाहमा देखिएका चुनौती तथा अन्तर्राष्ट्रिय श्रम बजारसँग सम्बन्धित विषय कांग्रेसको राजनीतिक बहसमा समेत महत्वपूर्ण बन्दै गएका छन्। यस्तो अवस्थामा वैदेशिक रोजगार व्यवसायीको प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूको भूमिकालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

एसोसिएसनले प्रतिनिधि छनोटलाई संस्थागत सहभागिता र पार्टीको महाधिवेशन प्रक्रियामा व्यवसायी क्षेत्रको उपस्थितिका रूपमा लिएको जनाएको छ। आगामी महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी हुने लामा, पाण्डे र बुढाथोकीले वैदेशिक रोजगार क्षेत्रका समसामयिक विषयलाई पार्टीको नीति निर्माण तहसम्म पुर्‍याउन पहल गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार