शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३

मिनेन्द्र रिजालले कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने

मंगलबार, असोज २० २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मंगलबार बिहान रिजालले जारी १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिएका हुन्।

रिजाल १४औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार थिए। त्यसबेला उनी हालका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँग पराजित भएका थिए । तर पनि उनी कांग्रेसमा क्रियाशील नै छन् ।

उनी पूर्वमन्त्री तथा पटकपटक प्रतिनिधिसभा सदस्यसमेत भइसकेका नेता हुन् । रिजाललाई कांग्रेसमा बौद्धिक नेताका रूपमा लिइन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार