सोमबार, असोज १९ २०८३

सोमबार, असोज १९ २०८३

प्रधानन्यायाधीशले बोलाए न्याय परिषद बैठक, को को बन्लान् सर्वोच्चको न्यायाधीश ?

सोमबार, असोज १९ २०८३

काठमाडौं । प्रधानन्यायाधीश मनोज कुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । उनले मङ्गलबार दिउँसो एक बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

परिषद् बैठकमा सर्वोच्च अदालतको न्यायाधीश सिफारिश हुने बुझिएको छ । सर्वोच्चमा चाजना न्यायाधीशको दरबन्दी खाली भइसकेको छ । अर्का एकजना न्यायाधीशको पद पनि रिक्त हुँदैछ ।

न्यायपरिषद् बैठक प्रधानन्यायाधीश शर्माको अध्यक्षतामा बस्नेछ । परिषद् बैठकमा कानूनमन्त्री सोविता गौतम, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, परिषद् सदस्यहरु महेशकुमार नेपाल र दामोदर खड्का रहनेछन् ।

प्रधानन्यायाधीश शर्मा उच्च अदालतका वरिष्ठतम न्यायाधीशहरुबाट नै न्यायाधीश सिफारिश गर्ने पक्षमा रहेको बुझिएको छ । उनले वरिष्ठता र कार्यक्षमतालाई समेत मध्यनजर गरेर निर्णय लिने तयारी गरेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार