आइतबार, असोज १८ २०८३

आइतबार, असोज १८ २०८३

चोलेन्द्रशमशेर पक्राउ प्रकरण : एसएसपी खड्का पुगे आयोग, गृहमन्त्री र आइजीपीलाई पनि बोलाउने तयारी

मंगलबार, असोज १३ २०८३

काठमाडौं  । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ बारे बयान दिन उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्का राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन्।

शनिबार मध्यराति पूर्वप्रधानन्यायाधीश राणालाई गैरकानुनी हिसाबले पक्राउ गरेपछि अवस्था बुझ्न पुगेको आयोगको टोलीलाई बेवास्ता गरेका खड्कालाई आयोगले मंगलबार बिहान ११:३० बजे उपस्थित हुन पत्र काटेको थियो। सोहीअनुसार उनी आयोगको कार्यालय पुगेका हुन्। 

आयोगका सदस्य मनोज दुवाडी नेतृत्वको टोली राणालाई भेट्न टेकु कार्यालय पुगे पनि एक घण्टा कुर्दासमेत गेटमै रोकिएका थिए। आयोगको टोलीलाई रोकिएको विषयमा उनलाई बयानका लागि बोलाइएको हो।

राणा पक्राउको विषयमा आयोगले गृहमन्त्री सुधन गुरुङ र आइजीपी दानबहादुर कार्कीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ । एसएसपी खड्काको बयानका आधारमा आयोगले नयाँ निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार