आइतबार, असोज १८ २०८३

आइतबार, असोज १८ २०८३

कांग्रेसको सहमहामन्त्रीमा मिश्रको चर्चा, मधेस क्लस्टरबाट उम्मेदवारीको तयारी

आइतबार, असोज १८ २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मनीष मिश्रले सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। कांग्रेसको मधेस क्लस्टरबाट सहमहामन्त्रीका सम्भावित उम्मेदवारका रूपमा मिश्रको नाम चर्चामा रहेको पार्टी स्रोतले जनाएको छ।

मिश्रले लामो समयअघि नेपाली कांग्रेसबाटै आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका उनी पार्टीको संगठनात्मक गतिविधिमा समेत संलग्न रहँदै आएका छन्।

यद्यपि, नेपाली कांग्रेसका तत्कालीन नेता महन्थ ठाकुरले पार्टी छाडेर नयाँ राजनीतिक दल गठन गर्दा मिश्र पनि ठाकुरसँगै कांग्रेसबाट बाहिरिएका थिए। ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा रहँदा मिश्रले केन्द्रीय महासचिवको जिम्मेवारी सम्हालेका थिए भने पार्टी प्रवक्ताको भूमिकासमेत निर्वाह गरेका थिए।

सर्लाही ४ बाट मनिष मिश्र महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत सर्लाही ४ बाट मनिष मिश्र महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत
कांग्रेस केन्द्रीय सदस्यमा मिश्र मनोनीत कांग्रेस केन्द्रीय सदस्यमा मिश्र मनोनीत

केही समय लोसपा लगायत मधेश केन्द्रित दलको राजनीतिमा सक्रिय रहेपछि मिश्र पुनः नेपाली कांग्रेसमै फर्किएका हुन्। कांग्रेसमा फर्किएपछि उनी पार्टीको संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका छन्।

अहिले उनी कांग्रेसको १५औँ महाधिवेशनमा मधेस क्लस्टरबाट सहमहामन्त्री पदमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेको स्रोतको दाबी छ।

कांग्रेसको विधानअनुसार विभिन्न क्लस्टरबाट पदाधिकारी चयन हुने व्यवस्थाअन्तर्गत मधेस क्लस्टरबाट सहमहामन्त्री पदमा उम्मेदवारीका लागि नेताहरूबीच तयारी र छलफल तीव्र बनेको छ। यही क्रममा मिश्रको नाम पनि सम्भावित उम्मेदवारका रूपमा अगाडि आएको हो।

मिश्रको राजनीतिक यात्रा नेपाली कांग्रेसबाटै सुरु भएको हो। कांग्रेस छाडेर महन्थ ठाकुरसँगको राजनीतिक यात्रामा जोडिए पनि पुनः मूल पार्टीमै फर्किएका कारण उनको राजनीतिक पृष्ठभूमि कांग्रेससँग जोडिएको नेताहरू बताउँछन्।

कांग्रेसमा विभिन्न क्लस्टरबाट पदाधिकारीका आकांक्षीहरूले आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन्। मधेस क्लस्टरबाट सहमहामन्त्रीका लागि पनि नेताहरूबीच आन्तरिक छलफल र भेटघाट बढेको छ।

यहीबीच मिश्रले पनि सहमहामन्त्री पदमा दाबी गर्ने तयारी थालेका हुन्। उनको उम्मेदवारी औपचारिक रूपमा घोषणा हुन भने बाँकी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार