नैरोबी , केन्या । गैरआवासिय नेपाली संघ केन्याले नेपालका बाढी पिडितका लागि हिजो प्रधानमन्त्री राहतकोषमा अमेरिकी डलर छ हजार तेत्तीस ( करिब नौ लाख तेईस हजार नेपाली रुपैयाँ ) सहयोग बैंक खाता मार्फत पठाएको छ ।
संघका अध्यक्ष भरत रेग्मीका अनुसार प्रतिबद्धता जनाए अनुसार संघका सदस्य , केन्या स्थित नेपालीहरु र नेपालका शुभचिन्तकहरुबाट उक्त सहयोग जम्मा गरिएको हो । संघले हिजो नै बैंक ट्रान्सफर गरि उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा पठाएको छ ।
यस अघि अफ्रिकाका एनआरएनए शाखाहरु मध्य एनआरएनए नाइजेरियाले ७७ लाख र एनआरएनए घानाले ३ लाखको चेक अर्थमन्त्री मार्फत प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेका थिए । त्यसैगरी एनआरएनए डीआरसी कंगोले १३ लाख , तान्जानियाले दुईलाख पचास हजार , साउथ अफ्रिकाले डेढलाख र बोत्स्वानाले पचासहजार सहयोग प्रधानमन्त्री राहतकोषमा बैंक मार्फत पठाईसकेका छन ।त्यसैगरी एनआरएनए युगान्डाले रु ३५ लाख भन्दा बढीको टेन्ट , ग्यास चुल्हो र सिलिन्डरगरि राहत सामाग्री नुवाकोटका बाढीपीडितलाई प्रभावित गाउँमै गएर स्थानीय निकाएको सहयोगमा हस्तान्तरण गरेको थियो ।
