काठमाडौं(जस)–नेपालमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण बढिरहेका बेला एथर नेपालले आफ्नो देशव्यापी उपस्थिति थप विस्तार गरेको छ । नेपालका लागि एथरको अधिकृत वितरक वैद्यज एनर्जी प्रालिले धरान–१, छाता चोकमा नयाँ एथर एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको हो । भदौ १७ गते औपचारिक उद्घाटन गरिएको उक्त सेन्टरसँगै नेपालमा एथरका एक्सपेरियन्स सेन्टरको संख्या १३ पुगेको कम्पनीले जनाएको छ । उद्घाटन कार्यक्रममा धरानका कार्यवाहक मेयर ऐन्द्र विक्रम बेघा तथा सुनसरी उद्योग वाणिज्य संघका प्रमुख गोपाल श्रेष्ठको उपस्थिति थियो ।
२५ भन्दा बढी बुकिङ
धरानमा सेन्टर औपचारिक रूपमा सञ्चालनमा आउनुअघि नै २५ भन्दा बढी बुकिङ प्राप्त भएको कम्पनीले जनाएको छ । नयाँ सेन्टरमा ग्राहकले एथरको ४५० सिरिज, ४५० एक्स ओभरटोन सिरिज तथा रिज्टा प्रत्यक्ष अवलोकन तथा टेस्ट राइड गर्न सक्नेछन् । ४५० सिरिजमाःबनष्अ त्धष्कत, क्ष्लाष्लष्तभ ऋचगष्कभ र ख्यष्अभ क्ष्लतभचबअतष्यलक जस्ता प्रविधि उपलब्ध छन् भने रिज्टालाई आराम, व्यावहारिकता तथा पारिवारिक दैनिक प्रयोगलाई लक्षित गरी तयार गरिएको कम्पनीको भनाइ छ ।
भदौ २३ सम्म विशेष अफर
धरान एक्सपेरियन्स सेन्टर उद्घाटनको अवसरमा भदौ २३ गतेसम्म विशेष ओपनिङ्ग स्कीम उपलब्ध गराइएको छ । ग्राहकले भ्हतभलमभम द्यबततभचथ ध्बचचबलतथ, ५० प्रतिशत डाउन पेमेन्टमा ० प्रतिशत ब्याजदर वा थप ८ हजार मूल्यांकन लाभ८८मध्ये एक सुविधा छनोट गर्न सक्नेछन् ।
८ वर्षसम्म ब्याट्री वारेन्टी
कम्पनीका अनुसार ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध छ, जसमा ब्याट्री हेल्थ ७० प्रतिशत कायम रहने सुनिश्चितता दिइएको छ । वैद्याज एनर्जीले नेपालभर १० भन्दा बढी अधिकृत सर्भिस सेन्टर सञ्चालनमा ल्याएको तथा ५० भन्दा बढी फास्ट चार्जिङ ग्रिड निर्माण भइसकेको जनाएको छ । कम्पनीका अनुसार उक्त चार्जिङ नेटवर्कमा अनुकूल एथर स्कुटरलाई ० देखि ८० प्रतिशतसम्म करिब ४५ मिनेटमा चार्ज गर्न सकिन्छ । धरानमा नयाँ सेन्टर सञ्चालनसँगै पूर्वी नेपालका ग्राहकलाई एथरका उत्पादन, प्रविधि, सर्भिस तथा चार्जिङ सुविधामा थप पहुँच पुग्ने कम्पनीले जनाएको छ । कम्पनीले एक्सपेरियन्स सेन्टर, सर्भिस नेटवर्क र चार्जिङ पूर्वाधारलाई एकसाथ विस्तार गर्दै नेपालमा समग्र विद्युतीय मोबिलिटी इकोसिस्टम विकास गर्ने लक्ष्य लिएको छ ।