शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

विशाल ग्रुपद्वारा विपद् राहत कोषमा २ करोड ५१ लाख सहयोग

बिहिबार, भाद्र १८ २०८३

काठमाडौं(जस)–रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि विशाल ग्रुपले राहत तथा पुनस्र्थापना कार्यका लागि आर्थिक तथा सामग्री सहयोग घोषणा गरेको छ । बाढीमा आफन्त गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै ग्रुपले प्रभावित सबैप्रति ऐक्यबद्धता जनाएको छ । साथै, बाढीबाट घाइते तथा प्रभावित भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले विशाल ग्रुपले प्रधानमन्त्री विपद् राहत कोषमा २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ । त्यस्तै, ग्रुपको सामाजिक उत्तरदायित्व निकाय भीजी फाउन्डेसनमार्फत बाढी प्रभावितका लागि १ करोड रुपैयाँ बराबरका अत्यावश्यक सामग्रीसहित ५ हजार बक्स उपलब्ध गराइने भएको छ ।
राहत प्याकेजमा प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, दैनिक उपभोग्य वस्तु तथा सरसफाइका सामग्री समावेश हुने जनाइएको छ । यसका अतिरिक्त, विशाल ग्रुपले बाढी प्रभावितका लागि २ हजार थान कम्बल र १ हजार थान शल समेत सहयोग गर्ने भएको छ । विशाल ग्रुप र भीजी फाउन्डेसनले आर्थिक तथा सामग्री राहतमार्फत विपद्को समयमा प्रभावित समुदायसँगै उभिने र प्राकृतिक विपद्पछिको उद्धार तथा पुनस्र्थापना कार्यमा सहयोग गर्ने प्रतिबद्धता दोहो¥याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार