बिहिबार, भाद्र १८ २०८३

बिहिबार, भाद्र १८ २०८३

भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख राहत

बिहिबार, भाद्र १८ २०८३

काठमाडौं(जस)–भोटेकोशीसहित देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ७२ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण अभियानमा ऐक्यबद्धता जनाउँदै ५१ लाख रुपैयाँ तथा सञ्चालक र कर्मचारीहरूको तर्फबाट २१ लाख रुपैयाँ गरी कुल ७२ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
उक्त सहयोग रकमको चेक कम्पनीका प्रतिनिधिहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन् । कम्पनीले विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भइरहेका सरकारी तथा मानवीय प्रयासमा सबै पक्षबाट आवश्यक सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिएको छ । विनाशकारी बाढीबाट रसुवालगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि विभिन्न संघसंस्था, व्यवसायिक प्रतिष्ठान तथा व्यक्तिहरूले राहत तथा पुनःस्थापनाका लागि सरकारको कोषमा आर्थिक सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार