बुधबार, भाद्र १७ २०८३

बुधबार, भाद्र १७ २०८३

बाढी प्रभावितका लागि ज्योति विकास बैंकको एक करोड सहयोग

बुधबार, भाद्र १७ २०८३

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढी तथा त्यसपछिको विपदबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि कुल एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

बैंकले बाढीपीडितको सहयोगार्थ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ५० लाख रुपैयाँ जम्मा गरेको छ। यसका साथै, बाढीबाट क्षति पुगेका रसुवा, नुवाकोट र धादिङका सामाजिक, शैक्षिक तथा स्वास्थ्य क्षेत्रको पुनर्निर्माण र पुनर्स्थापनाका लागि समुदायस्तरमा थप ५० लाख रुपैयाँ बराबरको सहयोग चरणबद्ध रूपमा उपलब्ध गराइने बैंकले जनाएको छ।

विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बैंक परिवारले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै कठिन परिस्थितिमा पनि उद्धार र राहत कार्यमा निरन्तर खटिएका सुरक्षाकर्मी र उद्धारकर्ताहरूप्रति बैंकले धन्यवाद व्यक्त गरेको छ।

ज्योति विकास बैंकले हाल देशभर ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ वटा एटीएममार्फत ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार