बुधबार, भाद्र १७ २०८३

बुधबार, भाद्र १७ २०८३

बाढीपहिरो प्रभावितका लागि सुदूरपश्चिमेली नेपाली समाज मलेसियाको आर्थिक सहयोग

बुधबार, भाद्र १७ २०८३

काठमाडौं । रसुवालगायत देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले आर्थिक सहयोग गरेको छ।

समाजले नेपाल सरकारको सम्बन्धित राहत कोषमा आर्थिक सहयोग रकम जम्मा गरेको जनाएको छ। विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले समाजले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको हो।

भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीलगायत विभिन्न क्षेत्रमा आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै उनीहरूको दीर्घकालीन पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ।

सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले विपद्को यस कठिन घडीमा प्रभावित परिवारहरूप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै राहत तथा पुनःस्थापनाको कार्य शीघ्र र प्रभावकारी रूपमा अघि बढोस् भन्ने कामना गरेको छ।

समाजले मानवीय संकटका बेला विदेशमा रहेका नेपाली समुदायले पनि आफ्नो मातृभूमि र विपद्मा परेका नागरिकप्रति जिम्मेवारीबोध गर्दै सहयोग गर्नुपर्ने सन्देश दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार