मंगलबार, भाद्र १६ २०८३

मंगलबार, भाद्र १६ २०८३

गलकोट समाज जापानको मानवीय अभियान, बाढी–पहिरो पीडितका लागि पहिलो चरणमै १० लाख राहत

सोमबार, भाद्र १५ २०८३

जापान । मातृभूमि नेपालमा बाढी, पहिरो र लेदोसहितको प्राकृतिक विपद्ले ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला जापानमा रहेका नेपालीहरू राहत तथा उद्धारका लागि जुटेका छन्। यही क्रममा गलकोट समाज जापान ले सञ्चालन गरेको आकस्मिक राहत संकलन अभियानमा जापानवासी नेपालीहरूको उल्लेखनीय सहभागिता देखिएको छ।

रसुवा, नुवाकोट, धादिङलगायतका पहाडी तथा हिमाली क्षेत्रमा आएको भीषण बाढी–पहिरोका कारण जनजीवन प्रभावित भएपछि गलकोट समाज जापानले अगस्ट २७, २०२६ देखि विशेष आकस्मिक राहत संकलन अभियान सुरु गरेको थियो। मातृभूमि संकटमा परेका बेला प्रवासमा रहेर पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु प्रवासी नेपालीको दायित्व भएको भन्दै समाजले जापानमा रहेका नेपाली समुदायलाई अभियानमा जोडिन आह्वान गरेको थियो।

समाजको आह्वानपछि जापानका विभिन्न शहर तथा क्षेत्रमा रहेका नेपालीहरूले आफ्नो क्षमताअनुसार सहयोग गरेका छन्। हालसम्म सार्वजनिक गरिएको विवरणमा १५२ जना सहयोगदाताको नाम समावेश गरिएको छ। ¥१,००० देखि ¥७०,००० सम्म सहयोग गर्नेहरू रहेका छन्। व्यक्तिगत रूपमा गरिएको सहयोगसँगै सामूहिक भावनाले अभियानलाई थप बलियो बनाएको समाजले जनाएको छ।

अभियानबाट संकलित रकमलाई पारदर्शी र व्यवस्थित रूपमा नेपाल पठाउने निर्णय गरिएको छ। राहत संकलन अभियानका संयोजक तथा समाजका उपाध्यक्ष कृष्ण केसी का अनुसार संकलित रकममध्ये पहिलो चरणमा रु. १० लाख नेपाल सरकारको आधिकारिक राहत कोषमा जम्मा गर्ने तयारी भइरहेको छ।

समाजका अनुसार पहिलो चरणको रु. १० लाख रकम भोलि नै नेपाल सरकारको आधिकारिक राहत कोषको खातामा संस्थागत रूपमा जम्मा गरिनेछ। त्यसपछि गलकोट समाज जापानका सम्पूर्ण क्षेत्रीय समितिहरूले बाढी–पहिरो पीडितको सहयोगार्थ आयोजना गर्ने ‘बाढी–पीडित सहयोगार्थ तिज कार्यक्रम’ सम्पन्न भएपछि बाँकी संकलित रकमसमेत नेपाल सरकारकै आधिकारिक खातामा जम्मा गरिनेछ।

संकलित रकमको उपयोगमा पूर्ण पारदर्शिता कायम गर्ने प्रतिबद्धता जनाउँदै समाजले अभियानअन्तर्गत प्राप्त सहयोगको विवरण सार्वजनिक गर्ने जनाएको छ। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोष मार्फत रसुवा, नुवाकोट, धादिङलगायतका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पुर्‍याउने समाजको योजना छ।

गलकोट समाज जापानले अभियानमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ। विपद्को समयमा सहयोगको रकमभन्दा पनि पीडितप्रति देखाइएको मानवीय भावना महत्वपूर्ण हुने समाजको भनाइ छ।

समाजका उपाध्यक्ष तथा राहत संकलन अभियानका संयोजक कृष्ण केसीले विपद्को यो कठिन समयमा जापानमा रहेका नेपालीहरूबाट प्राप्त सहयोगले मातृभूमिप्रतिको माया, जिम्मेवारी र एकताको भावना थप उजागर गरेको बताए। उनका अनुसार अभियानमा सानो रकमदेखि ठूलो रकमसम्म सहयोग गर्ने सबै सहयोगदाता समान रूपमा सम्मानका पात्र छन्।

प्रवासमा रहे पनि नेपालमा परेको दुःखलाई आफ्नै दुःख सम्झेर जापानवासी नेपालीहरू राहत अभियानमा जोडिनुले नेपाली समुदायबीचको भावनात्मक सम्बन्ध र सामाजिक उत्तरदायित्वलाई थप बलियो बनाएको छ।

गलकोट समाज जापानले आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिने जनाउँदै सहयोग गर्न चाहने सम्पूर्ण जापानवासी नेपालीलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न अपिल गरेको छ।

‘विपद्को यो घडीमा एकजुट बनौँ, मातृभूमिको सारथी बनौँ’ भन्ने भावनाका साथ अघि बढाइएको अभियानले विदेशमा रहेका नेपालीहरूले मातृभूमिका लागि निर्वाह गर्न सक्ने सामाजिक उत्तरदायित्वको उदाहरणसमेत प्रस्तुत गरेको छ।

राहत अभियानमा सहयोग गर्ने सहयोगदाताहरू

१. कृष्ण केसी – ¥१०,०००
२. दिलबहादुर थापा (रामु) – ¥५०,०००
३. गीता बस्नेत – ¥१०,०००
४. भेषनाथ गौतम – ¥१०,०००
५. रमेश कुमार खत्री – ¥१०,०००
६. लक्ष्मण कार्की – ¥१०,०००
७. प्रकाश केसी – ¥१०,०००
८. अजय थापा – ¥१०,०००
९. मधु थापा – ¥५,०००
१०. चित्र ब. बुढाथोकी – ¥५,०००
११. दुर्गा थापा – ¥१०,०००
१२. विपिन केसी – ¥५,०००
१३. तिलक मगर – ¥१०,०००
१४. नरबहादुर थापा (टोकियो) – ¥१०,०००
१५. कल्पना खड्का – ¥५,०००
१६. लोकेश खत्री – ¥५,०००
१७. दिनेश थापा – ¥५,०००
१८. खिम निऊरे – ¥५,०००
१९. किसान बस्नेत – ¥५,०००
२०. प्रकाश थापा – ¥५,०००
२१. सन्देश बुढाथोकी – ¥५,०००
२२. महेन्द्र साहानी – ¥५,०००
२३. कौशल बोहोरा – ¥५,०००
२४. डिलाराम निऊरे – ¥१०,०००
२५. नरबहादुर थापा (नागोया) – ¥२५,०००
२६. ईश्वर बस्नेत – ¥१०,०००
२७. गोम बुढाथोकी – ¥५,०००
२८. मसिना खत्री – ¥५,०००
२९. सुरज केसी बुकी – ¥५,०००
३०. भीम भण्डारी – ¥५,०००
३१. डि.बी. थापा – ¥१०,०००
३२. गोविन्द खड्का (टोकियो) – ¥१०,०००
३३. रामबहादुर खड्का – ¥५,०००
३४. ओम केसी – ¥५,०००
३५. भीम श्रीस – ¥५,०००
३६. यामबहादुर चालिसे – ¥५,०००
३७. दीपक खत्री – ¥१०,०००
३८. आनन्द बस्नेत – ¥१०,०००
३९. हेमु बोहोरा – ¥५,०००
४०. आनन्द थापा – ¥५,०००
४१. कुलवीर थापा – ¥५,०००
४२. बसन्त थापा – ¥५,०००
४३. कृष्ण केसी (योकोहामा) – ¥५,०००
४४. कुशल भण्डारी – ¥५,०००
४५. बाबुराम सापकोटा – ¥५,०००
४६. शान्ती खत्री – ¥१०,०००
४७. मन सलामी – ¥५,०००
४८. सिद्ध थापा – ¥५,०००
४९. विशाल शर्मा – ¥५,०००
५०. भुवन थापा – ¥५,०००
५१. विवेक खड्का – ¥१०,०००
५२. मिठु थापा – ¥५,०००
५३. रेशम सुनार – ¥५,०००
५४. नम्रता खत्री थापा – ¥५,०००
५५. जुना खत्री – ¥१०,०००
५६. सन्देश बुढाथोकी – ¥५,०००
५७. कृष्ण खड्का – ¥५,०००
५८. रत्नसिंह बस्नेत – ¥१०,०००
५९. सग्राम साहानी – ¥१०,०००
६०. राजु थापा – ¥५,०००
६१. मसिना खड्का – ¥५,०००
६२. बिना खड्का – ¥५,०००
६३. चित्र खत्री – ¥५,०००
६४. मिठु थापा – ¥५,०००
६५. टोप थापा – ¥५,०००
६६. खेम कंडेल – ¥५,०००
६७. भीम ब. घर्ती (अनुप) – ¥५,०००
६८. बाबुराम साहानी – ¥५,०००
६९. हिरा थापा – ¥२०,०००
७०. टेकबहादुर साहानी – ¥२०,०००
७१. कमल खत्री – ¥१५,०००
७२. हरिप्रसाद गौतम – ¥५,०००
७३. क्षेत्री नवीन – ¥५,०००
७४. ओम क्षेत्री – ¥५,०००
७५. अनुपम क्षेत्री – ¥५,०००
७६. ज्ञान थापा – ¥५,०००
७७. सुमन ढकाल – ¥५,०००
७८. रामप्रसाद गैरे (गौरी) – ¥५,०००
७९. मिलन पौडेल – ¥५,०००
८०. मनोज केसी – ¥५,०००
८१. राजुमान कार्की – ¥५,०००
८२. कृष्ण खड्का – ¥५,०००
८३. राम खत्री – ¥५,०००
८४. सुदीप श्रेष्ठ – ¥५,०००
८५. युवराज मल्ल – ¥५,०००
८६. अनिल खत्री – ¥५,०००
८७. गिरन खत्री – ¥५,०००
८८. रामबहादुर बस्नेत (किसान) – ¥५,०००
८९. अर्जुन जङ्ग बस्नेत – ¥५,०००
९०. रोशन गिरी – ¥५,०००
९१. मिलन चोखाल – ¥५,०००
९२. रामचन्द्र भट्टराई – ¥३,०००
९३. मीन ब. खत्री – ¥५,०००
९४. निलप्रसाद भण्डारी – ¥५,०००
९५. लोपचन सुकार – ¥१,०००
९६. नवीन निउरे – ¥१०,०००
९७. जीवन थापा – ¥७०,०००
९८. सन्जिना जोशी – ¥५,०००
९९. रामचन्द्र घिमिरे – ¥५,०००
१००. हेमन्त खड्का – ¥५,०००
१०१. उर्मिला बानिया (पोखरा, हाल नागोया) – ¥५,०००
१०२. थमन बस्नेत – ¥११,०००
१०३. मिलन खत्री (टुक) – ¥१०,०००
१०४. पबी अधिकारी भण्डारी – ¥१०,०००
१०५. दुर्गाबहादुर बस्नेत – ¥५,०००
१०६. धनबहादुर खत्री – ¥१०,०००
१०७. राजुकुमार खड्का – ¥१०,०००
१०८. राम खत्री (नागोया) – ¥५,०००
१०९. रामु अधिकारी – ¥२०,०००
११०. याम खड्का – ¥६,०००
१११. हरि खड्का – ¥५,०००
११२. छमकुमारी थापा – ¥३,०००
११३. कपिल बस्नेत – ¥५,०००
११४. नारायण थापा – ¥५,०००
११५. विष्णु गौचन – ¥५,०००
११६. पम्फा मल्ल – ¥५,०००
११७. राजु कार्की – ¥५,५००
११८. अविनास खत्री – ¥५,०००
११९. कमल खत्री – ¥५,०००
१२०. गौरी सापकोटा – ¥१०,०००
१२१. विनोद खत्री – ¥५,०००
१२२. यदुराम सापकोटा – ¥५,०००
१२३. बल गोतामे – ¥५,०००
१२४. खिम पुन – ¥१०,०००
१२५. रमेश क्षेत्री – ¥५,०००
१२६. चुरा ब. खत्री – ¥१०,०००
१२७. हर्क थापा (काजी) – ¥१०,०००
१२८. नारायण खत्री – ¥१०,०००
१२९. यम खत्री – ¥११,०००
१३०. नरबहादुर थापा (ओशाका) – ¥५,०००
१३१. ईश्वर बस्नेत – ¥५,०००
१३२. दिलिप कंडेल – ¥५,५००
१३३. गुरु प्रसाद गैरे – ¥१०,५०१
१३४. गोपाल चोखाल – ¥५,१५५
१३५. आनन्द पन्त – ¥२०,०००
१३६. डम्मर थापा (रामु) – ¥५,०००
१३७. याम गोतामे – ¥५,०००
१३८. सुरज न्यौपाने – ¥३,०००
१३९. प्रेम छेत्री – ¥५,०००
१४०. राजेन्द्र खत्री – ¥२०,०००
१४१. पम्मी भैया – ¥१०,०००
१४२. प्रेम सेडाई – ¥१०,०००
१४३. लाल बस्नेत – ¥५,०००
१४४. दीपक विक – ¥५,०००
१४५. रोशन बस्नेत (बेलु) – ¥१०,०००
१४६. मिठु खत्री – ¥५,०००
१४७. जगत बस्नेत – ¥६,०००
१४८. डम्मर थापा – ¥५,०००
१४९. मिलन खड्का – ¥५,०००
१५०. प्रदीप थापा – ¥५,०००
१५१. जित खत्री – ¥५,०००
१५२. पुष्पा खरेल – ¥५,०००

प्रतिक्रिया
सम्बन्धित समाचार