सोमबार, भाद्र १५ २०८३

सोमबार, भाद्र १५ २०८३

भोटेकोसी बाढीपहिरो पीडितलाई ‘मनकारी रोबिन’को १० लाख सहयोग

आइतबार, भाद्र १४ २०८३

काठमाडौं(जस)–नेपालमा आएको विनाशकारी बाढी–पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनस्र्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । जापानमा व्यवसायमा सफल पहिचान बनाएका शेरचनले देश विपद्मा परेका बेला एनआरएनएको माध्यमबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
जापानमा फुकुओकादेखि होक्काइडोसम्म नेपाली समुदायले आयोजना गर्ने विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रममा निरन्तर सहयोग गर्दै आएका छन् । यसैगरी शेरचनले संसारमा नेपालको पहिचान र नेपाली संस्कृति प्रवद्र्धन गर्ने कार्यक्रमहरूमा पनि उत्तिकै सहयोग पु¥याउँदै आएका छन् । निरन्तरको निःस्वार्थ सामाजिक सेवा र उदार मनका कारण नेपाली समाजमा उनी ‘मनकारी रोबिन’का रूपमा परिचित छन् ।
देशमा विपत्ति पर्दा सहयोगका लागि अग्रसर हुने शेरचनले आवश्यक परे आगामी दिनमा थप सहयोग गर्नसमेत तयार रहेको बताएका छन् । भोटेकोसी बाढी–पहिरोमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले विपद् प्रभावित क्षेत्रमा समयमै सूचना पु¥याउने, पूर्वतयारी बढाउने र प्रभावकारी उद्धारमार्फत क्षति न्यूनीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।
सहयोगको घोषणा गर्दै वरिष्ठ उपाध्यक्ष शेरचनले भने “एक नेपालीको दुःख, सम्पूर्ण नेपालीको साझा दुःख हो । एकता नै हाम्रो शक्ति हो, सहयोग नै हाम्रो मानवता हो ।” यसै भावनालाई आत्मसात गर्दै उनले विश्वभर रहेका सम्पूर्ण गैरआवासीय नेपाली तथा आम दाजुभाइ–दीदीबहिनीहरूलाई आफ्नो क्षमता र सामथ्र्यअनुसार बाढी–पहिरो पीडितको मद्दतमा जुट्न जोडदार अपिलसमेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार