काठमाडौं(जस)–हिमालयन बैंक लिमिटेडको सञ्चालक समिति बैठकले पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याललाई बैंकको नयाँ अध्यक्षमा नियुक्त गरेको छ । अर्थशास्त्र, सार्वजनिक प्रशासन तथा व्यवस्थापन क्षेत्रमा लामो अनुभव संगालेका डा. अर्यालले यसअघि पनि हिमालयन बैंकको सञ्चालकका रूपमा काम गरिसकेका छन् । तत्कालीन अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएपछि बैंकमा अध्यक्षको पद रिक्त रहँदै आएको थियो। उक्त रिक्त पदमा सञ्चालक समितिले अर्याललाई नियुक्त गरेको हो ।