बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३

रसुवा बाढी : उद्धार र उपचारका लागि मेडिकल टिमसहित सेनाका हेलिकोप्टर परिचालन

बुधबार, भाद्र १० २०८३

काठमाडौं । रसुवाको बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा आपतकालीन स्वास्थ्य उपचारका लागि नेपाली सेनाको विशेष टोली परिचालन भएको छ ।

१४ सदस्यीय चिकित्सक टोलीसहित नेपाली सेनाको एमआई–१७ सहित दुईवटा हेलिकोप्टर काठमाडौंबाट रसुवातर्फ प्रस्थान गरेका छन् । बाढीको जोखिम र चेतावनीका बीच प्रभावित नागरिकहरूलाई तत्काल राहत र स्वास्थ्य सेवा पु¥याउन टोलीलाई खटाइएको हो ।

तत्कालका लागि नुवाकोटको त्रिशूलीस्थित सैनिक ब्यारेकलाई मुख्य आधार (बेस) बनाएर टोलीले बाढी प्रभावित क्षेत्रहरूमा उद्धार तथा स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्ने योजना बनाएको छ । जटिल भूगोल र विपद्को जोखिमलाई ध्यानमा राख्दै घाइतेहरूको प्राथमिक उपचार तथा थप उपचारका लागि स्थानान्तरण गर्ने तयारी सेनाको छ ।

बाढी प्रभावित क्षेत्रमा फसेका नागरिकहरूको सुरक्षित उद्धार र तत्काल आपतकालीन सहायता उपलब्ध गराउन स्थानीय प्रशासन, सेना तथा अन्य सम्बन्धित निकायहरू पूर्ण रूपमा सक्रिय भई समन्वयका साथ कार्यक्षेत्रमा जुटेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार