काठमाडौँ(जस)–जापानमा रहेर ५ वर्षदेखि काम गरिरहेको रेड बड ट्राभल्सले नेपालमा पनि आफ्नो ब्रान्च खोलेको छ । कान्तिपथबाट सुरू गरिएको ब्रान्चले जापान, इन्डोनेसिया, माल्दिभ्स,युएई, भियतनाम, थाईल्यान्ड, युरोपलगायतका देश घुमाउनको टुर प्याकेजिङको व्यवस्थाका साथै संसारभरको हवाईटिकट बुकिंग सेवा उपलब्ध गराउने रेडबडका सिइओ नारायण रिमालले बताए । उनका अनुसार कम्पनीले एयर टिकट, ट्राभल्स प्याकेज लगायतका कामहरू गर्छ । आफूहरूले अस्ट्रेलियामा पनि ट्राभल्स सुरू गरिसकेको र यसै वर्षदेखि युएई र स्पेनमा पनि सुरू गर्ने योजना रहेको उनको भनाइ छ ।
’हामीले जापानबाट पनि युरोप, मलेसिया, सिंगापुर,इण्डोनेसिया,भीयतनाम लगायतका देशका लागि टुर प्याकेज गराइरहेका छौं ।अब जापानिज पर्यटकलाई नेपाल ल्याउनका लागि लाइसेन्सको प्रक्रिया भइरहेको छ,’ उनले भने, ‘जापानिज पर्यटकलाई नेपाल ल्याउन लाइसेन्स चाहिन्छ । यो अन्तिम चरणमा पुगेको छ ।’ नेपालीहरूको बसोबास धेरै भएको देशहरूमा शाखा बिस्तार गर्दै लैजाने योजना रहेको उनले बताए।कम्पनीको हाल जापान,अष्ट्रेलिया र नेपाल शाखामा ४० जना अष्ट्रेलियन,जापानी तथा नेपाली कर्मचारीहरू कार्यरत छन्।