काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ १ पैसा तोकिएको छ।
युरो एकको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा तथा बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ६५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ।
स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलरको १०९ रुपैयाँ ३३ पैसा र १०९ रुपैयाँ ७६ पैसा, तथा सिङ्गापुर डलरको ११९ रुपैयाँ ६ पैसा र ११९ रुपैयाँ ५३ पैसा तोकिएको छ।
त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६० पैसा र बिक्रीदर २२ रुपैयाँ ६९ पैसा रहेको छ।
साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५९ पैसा र बिक्रीदर ४० रुपैयाँ ७५ पैसा, कतारी रियालको ४१ रुपैयाँ ८० पैसा र ४१ रुपैयाँ ९७ पैसा तोकिएको छ।
युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ५० पैसा र बिक्रीदर ४१ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेटको ३७ रुपैयाँ २९ पैसा र ३७ रुपैयाँ ४४ पैसा तथा दक्षिण कोरियन वन १०० को १० रुपैयाँ ७२ पैसा र १० रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ।
त्यस्तै, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा, कुवेती दिनारको ४९६ रुपैयाँ ५ पैसा र ४९८ रुपैयाँ, बहराइन दिनारको ४०४ रुपैयाँ २४ पैसा र ४०५ रुपैयाँ ८४ पैसा तथा ओमनी रियालको ३९५ रुपैयाँ ८५ पैसा र ३९७ रुपैयाँ ४१ पैसा कायम गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले तोकेको विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने भएकाले कारोबार गर्नुअघि सम्बन्धित बैंकको अद्यावधिक दर हेर्न राष्ट्र बैंकले जनाएको छ।