शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धद्वारा पदस्थापन, क्यालेन्डर विमोचन तथा वार्षिक कार्ययोजना सार्वजनिक

मंगलबार, साउन ५ २०८३

काठमाडौं(जस)–लायन्स इन्टरनेशनल, मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपाल अन्तर्गत डिस्ट्रिक्ट ३२५–आईमा आबद्ध लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धले पदस्थापन (Installation) कार्यक्रम, वार्षिक कार्ययोजना तथा क्यालेन्डर विमोचन एवं वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

क्लवले लायन हरि प्रसाद तिवारीको अध्यक्षतामा प्रथम उपाध्यक्ष खुमकान्त चापागाई, दिृतिय उपाध्यक्षमा विनोद खनाल, तृतिय उपाध्यक्षमा कल्पना शेरचन, सचिवमा कृष्ण रानाभाट, कोषाध्यक्षमा पुरुषोत्तम अधिकारी लगायत जम्मा ३० भन्दा वढी सदस्य भएको लायन वर्ष २०२६।०२७ को कार्य समिति चयन भएको जनाएको छ ।

३० भन्दा बढी सक्रिय सदस्यहरूको सहभागिता रहेको यस क्लबले “लायन्सः खुसीयाली बाँडौँ“ भन्ने मूल नारालाई आत्मसात गर्दै वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा, मानवीय सहायता, राहत वितरण तथा सामाजिक उत्तरदायित्वका विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । चालु लायन वर्ष २०२६÷२७ का डिस्ट्रिक्ट गभर्नरले अघि सार्नुभएको “बाँडेर सेवा गरौँ (Caring by Sharing)“ अभियानलाई केन्द्रमा राख्दै क्लबले वर्षको प्रारम्भदेखि नै विभिन्न सेवामूलक गतिविधिहरू सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।
२०८३ अषाढ १७ गते (१ जुलाई २०२६) कीर्तिपुर नगरपालिका–४, भगवानस्थानमा वातावरण संरक्षण कार्यक्रम अन्तर्गत वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको र लायन वर्षको शुरुवादको दिनको अवसरमा जलन पिडित,आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेका बालक प्रयास कार्कीको उपचारका लागि कीर्तिपुर अस्पतालमै गएर निजको उपचार र शिक्षाको सहयोगार्थ आर्थिक सहयोग प्रदान गरिएको साथै वि.सं. २०८३ असार २० गते (४ जुलाई २०२६) चन्द्रागिरि नगरपालिका–५, गुर्जुधारामा निःशुल्क स्वास्थ्य शिविर मार्फत २०० भन्दा बढी स्थानीय नागरिकको आँखा तथा दन्त परीक्षण गरिनुका साथै आवश्यक स्वास्थ्य परामर्श तथा उपचारमा सहयोग, चश्मा, दन्तमन्जन तथा व्रस निः शुल्क प्रदान गरिएको थियो । यसरी हाल सम्म तिनवटा वातावरणिय तथा सामाजिक कार्य भएको र निकट भविष्यमा वनेपा १२ सागामा वृक्षरोपण तथा मन्दिर सरसफाई कार्यक्रम राखिएको जानकारी गराइयो ।

पदस्थापन कार्यक्रममा क्लबका अध्यक्ष हरि प्रसाद तिवारीले आगामी कार्यकालको वार्षिक कार्ययोजना सार्वजनिक गर्दै लायन्स इन्टरनेशनलको “Strengthen the Organization – Mission १.५“ अभियानलाई सफल बनाउन छ जना नयाँ सदस्यहरू क्लबमा आबद्ध गरिसकिएको तथा थप सदस्य विस्तार अभियानलाई तीव्रता दिइने जानकारी दिए । साथै दुई वटा नयाँ लायन्स क्लब गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको पनि उनले जानकारी गराउनुभयो ।

क्लबले नयाँ सदस्य अभिमुखीकरण, सदस्य शिक्षा, नेतृत्व विकास तथा सदस्य सम्मान कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने, युवा तथा महिलाको सहभागिता वृद्धि गर्ने, लियो क्लबलाई थप सशक्त बनाउने, क्लबको विधान पारित गर्ने तथा Fund Management Policy लागू गर्ने योजना सार्वजनिक गरेको छ । त्यस्तै District Building अभियानमा सहयोग, एन एल यफ तथा एल सि आई एफ मा योगदान वृद्धि र डिस्ट्रिक्टस्तरीय तालिम तथा नेतृत्व विकास कार्यक्रमहरूमा सक्रिय सहभागिता रहने जनाएको छ ।
सेवामूलक कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, Hunger Relief अभियान, बाल स्वास्थ्य तथा क्यान्सर सहयोग कार्यक्रम, जाडो मौसममा न्यानो कपडा वितरण, दुर्गम क्षेत्रका सरकारी विद्यालयमा विद्यालय पोशाक, शैक्षिक सामग्री तथा खेलकुद सामग्री वितरण, Joint Service Programme, Club Tuning, Lion Quality Service , Fellowship कार्यक्रम सञ्चालन गरिने योजना पनि सार्वजनिक गरिएको छ ।

क्लवका अध्यक्ष लायन हरि प्रसाद तिवारीले आगामी सबै कार्यक्रम सफल बनाउन सदस्यहरूको सक्रिय सहभागिता, व्यक्तिगत योगदान, Fund Raising अभियान, Corporate Social Responsibility (CSR) अन्तर्गत विभिन्न संस्थाको सहयोग तथा शुभेच्छुकहरूको सहकार्यलाई प्रभावकारी रूपमा परिचालन गरिने बताउँदै सम्पूर्ण सदस्यहरूलाई एकताबद्ध भएर सेवाको यात्रामा सहभागी हुन हार्दिक आह्वान गर्नुभयो ।

कार्यक्रममा सहभागीहरूले क्लबले सार्वजनिक गरेको वार्षिक कार्ययोजना समाजमुखी, व्यावहारिक तथा परिणाममुखी रहेको उल्लेख गर्दै लायन्स इन्टरनेशनल, डिस्ट्रिक्ट ३२५–आईका लायन लिडरहरु र उपस्थित अतिथिहरुले लायन वर्ष २०२६।०२७ को कार्य समितिको सफल कार्यकालको शुभकामना दिदै आगामी दिनमा लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धले लायन वादको यात्रा र सामाजिक सेवाका क्षेत्रमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार