आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनको बाटो खुल्यो

बुधबार, असार ३१ २०८३

काठमाडौं(जस)–मुलुकको नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि कानुनी बाटो खुला गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसद्को दुवै सदनबाट पारित भई आएका बजेटसँग आश्रित ती विधेयकहरूलाई राष्ट्रपति पौडेलले संविधान सम्मत प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार प्रमाणीकरण गरिएका विधेयकहरूमा विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ रहेका छन् । संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका यी विधेयकहरूलाई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यो प्रमाणीकरणसँगै सरकारलाई साउन १ गतेदेखि लागू हुने गरी नयाँ बजेट खर्च गर्ने, राजस्व संकलन गर्ने तथा आवश्यक आन्तरिक ऋण उठाउने पूर्ण कानुनी अख्तियारी मिलेको छ । संसद्मा लामो बहस र संशोधनसहित पारित भएका यी तीन विधेयकले देशको आगामी आर्थिक वर्षको आर्थिक गतिविधिलाई मार्गनिर्देश गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार