काठमाडौं(जस)–नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दामोदर भण्डारी नियुक्त भएका छन् । कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले भण्डारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी हाल कम्पनीको एघारौं तहमा सहायक प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् । उनलाई बुधबारकै मितिदेखि लागू हुने गरी निमित्त सीईओको जिम्मेवारी दिएको हो । कम्पनीका सीईओ सुरेन्द्र थापामाथि सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेसँगै निलम्बनमा परेका छन्। निलम्बनमा परेका कारण सहायक सीईओलाई निमित्त सीईओको जिम्मेवारी दिइएको हो ।