आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच सहकार्य

बिहिबार, जेष्ठ २८ २०८३

काठमाडौं(जस)–लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयर प्रा.लि. (प्राविधिक सेवा प्रदायक–टीएसपी) बीच साना तथा मझौला उद्यम (एसएमई) लक्षित डिजिटल कर्जा सेवा विस्तार गर्न सहकार्य भएको छ । नेपाल राष्ट्र बैंकको डिजिटल लेन्डिङ मार्गदर्शनअनुसार भएको यो सहकार्यले एसएमईलाई कर्जा प्रक्रिया पूर्ण रूपमा डिजिटल माध्यमबाट सरल, छरितो र पारदर्शी बनाउने अपेक्षा गरिएको छ ।
सम्झौताअनुसार बैंकका एसएमई ग्राहकहरूले अब छिट्टै अनलाइन प्रणालीमार्फत कर्जाका लागि आवेदन दिन, आवश्यक कागजात पेश गर्न तथा स्वीकृति प्रक्रियासमेत डिजिटल रूपमा पूरा गर्न सक्नेछन् । यसका लागि उद्यमहरूले आफ्नो व्यवसायमा इन्टरप्राइज रिसोर्स प्लानिङ प्रणाली प्रयोग गरेको हुनुपर्नेछ भने आइएमएस सफ्टवेयरसँग आबद्ध तथा निर्धारित मापदण्ड पूरा गरेका व्यवसायहरू यस सुविधाका लागि योग्य हुनेछन् ।
आइएमएस सफ्टवेयरले प्राविधिक सेवा प्रदायक (टीएसपी) का रूपमा डिजिटल लेन्डिङ प्लेटफर्म उपलब्ध गराउनेछ । उक्त प्लेटफर्ममार्फत भ्च्ए प्रणालीमा उपलब्ध व्यावसायिक तथ्यांकका आधारमा कर्जा मूल्याङ्कन र स्वीकृति प्रक्रिया अगाडि बढाइनेछ । यसले परम्परागत कर्जा प्रक्रियामा हुने ढिलाइ, कागजी झन्झट र लागत घटाउने विश्वास गरिएको छ । बैंकका अनुसार यो सहकार्यले एसएमई क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न मात्र नभई व्यवसायहरूलाई डिजिटल प्रणाली अपनाउन पनि प्रोत्साहन गर्नेछ ।
डेटा–आधारित मूल्याङ्कन प्रणालीमार्फत कर्जा स्वीकृति प्रक्रिया अझ प्रभावकारी बन्ने र जोखिम व्यवस्थापनमा समेत सुधार आउने अपेक्षा गरिएको छ । लक्ष्मी सनराइज बैंकले आफ्नो बैंकिङ विशेषज्ञता र आइएमएस सफ्टवेयरको प्राविधिक क्षमताको संयोजनमार्फत नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा पु¥याउने लक्ष्य राखेको जनाएको छ । यसले साना तथा मझौला उद्यमहरूको दिगो विकासमा महत्वपूर्ण योगदान पु¥याउने र समग्र डिजिटल अर्थतन्त्र सुदृढ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार