आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

लिभप्योर एयर कुलरको रोजाइर्, गर्मीको बिदाई

बुधबार, जेष्ठ ६ २०८३

काठमाडौं(जस)–लिभप्योर ब्रान्डको आधिकारिक बिक्रेता, केएल दुगड ग्रुपअन्तर्गत कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले विगत ३ वर्ष देखि लिभप्योरका एयर कुलरहरु बजारमा उपलब्ध गराउँदै आएको छ । लिभप्योर एयर कुलर पर्सनल र डेजर्ट दुवै श्रेणीमा प्रभावकारी र किफायती शीतल समाधानका रूपमा उपलब्ध छन् । शक्तिशाली एयर डेलिभरी र लामो एयर थ्रो क्षमताले कोठाभरि समान रूपमा चिसो हावा पु¥याउँदै आरामदायी अनुभव प्रदान गर्छ ।
एन्टी–ब्याक्टेरियल हनीकोम्ब प्याडले स्वच्छ र ताजा हावा सुनिश्चित गर्छ भने ठूलो पानी ट्यांकी क्षमताले लामो समयसम्म निरन्तर शीतलता दिन्छ। पानीको स्तर सूचकले प्रयोगलाई अझ सहज बनाउँछ ।
कम विद्युतीय खपतका कारण लिभप्योर एयर कुलरहरू इन्भर्टरमा समेत सञ्चालन गर्न सकिन्छ । साथै, मोटर सुरक्षा र अन्य सुरक्षा सुविधाले सुरक्षित र भरपर्दो प्रयोग सुनिश्चित गर्दछ । बहुदिशात्मक पाङ्ग्रा, सजिलो नियन्त्रण र कम्प्याक्ट डिजाइनका कारण यी कुलरहरू घर तथा कार्यालय दुवैका लागि उपयुक्त छन् । यस गर्मीमा लिभप्योर एयर कुलरको शक्तिशाली शीतलता, कम विद्युत खपत र अधिकतम आरामको अनुभव लिन सकिने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार