आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

पौडेल दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर, झण्डै ६९ करोडको विगो कायम

बुधबार, जेष्ठ ६ २०८३

काठमाडौं(जस)–राजश्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरणको गम्भीर कसुरमा संलग्न रहेको अभियोगसहित विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेतविरुद्ध ६८ करोड ९४ लाख बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ । विभागले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलले अवैध रूपमा विदेशी विनिमय कारोबार गरी सम्पत्ति शुद्धीकरण गरेको दाबी गर्दै बुधबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । विभागले कुल ६२ करोड ६५ लाख ९१ हजार ८९३ रुपैयाँ बिगो कायम गरेको छ ।
यसअघि पनि विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार २०८१ असोज १४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । थप अनुसन्धानका क्रममा अवैध रूपमा आर्जित सम्पत्तिसम्बन्धी गतिविधि पुष्टि भएको दाबी विभागले गरेको छ । पौडेलमाथि ६१ करोड १३ लाख २१ हजार १५३ रुपैयाँ २० पैसा र श्रीमती एलिना बस्नेतमाथि ७ करोड ८१ लाख ४४ हजार ५१ रुपैयाँ ५० पैसा बिगो कायम गर्दै सम्पत्ति शुद्धीकरण कसुरको अभियोगमा सजाय माग गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार