आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

गरिमा विकास बैंकलाई एकैसाथ दुई आइएसओ प्रमाणपत्र

बुधबार, बैशाख ९ २०८३

गुणस्तरीय सेवा र सूचना सुरक्षामा अन्तर्राष्ट्रिय मान्यता
काठमाडौं(जस)–गरिमा विकास बैंक लिमिटेडले गुणस्तरीय बैंकिङ सेवा प्रवाह र सूचना सुरक्षा व्यवस्थापनमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त दुईवटा आइएसओ प्रमाणपत्र हासिल गरेको छ । बैंकले आइएसओ ९००१ः२०१५ (गुणस्तरीय व्यवस्थापन प्रणाली) र आइएसओ २७००१ः२०२२ (सूचना सुरक्षा व्यवस्थापन प्रणाली) प्रमाणपत्र प्राप्त गरेको हो । यससँगै बैंक एकैसाथ दुईवटा अन्तर्राष्ट्रिय आइएसओ प्रमाणपत्र प्राप्त गर्ने सीमित संस्थाहरूको सूचीमा समावेश भएको छ ।
लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय सर्टिफिकेसन संस्था ‘इन्टरसर्ट’का लिड अडिटर रोशन श्रेष्ठले बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायलाई उक्त प्रमाणपत्र हस्तान्तरण गरे । कार्यक्रममा सीईओ उपाध्यायले बैंकले गुणस्तरीय सेवा प्रवाह र सूचना प्रविधिको सुरक्षा प्रणालीलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । बैंकका अनुसार हाल देशभर १२६ शाखामार्फत करिब ९ लाख ग्राहकलाई सरल, सुरक्षित र विश्वसनीय डिजिटल तथा भौतिक बैंकिङ सेवा प्रदान भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार