शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

चैतमा सबैभन्दा धेरै कामदार विदेश पठाउनेमा वाइड स्पेस अग्रस्थानमा, अन्य मेनपावरले कति पठाए ?

सोमबार, बैशाख ७ २०८३

काठमाडौं । वैदेशिक रोजगारीको क्षेत्रमा सक्रिय मेनपावर कम्पनीहरूबीच चैत महिनामा प्रतिस्पर्धा झनै तीव्र देखिएको छ। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार उक्त अवधिमा सबैभन्दा धेरै कामदार विदेश पठाउने मेनपावर कम्पनीको सुचिमा वाइड स्पेस इन्टरनेसनल प्रा.लि. अग्रस्थानमा रहेको छ।
विभागका अनुसार वाइड स्पेस इन्टरनेसनलले एक महिनामै ५६९ जना कामदार पठाउँदै पहिलो स्थान हासिल गरेको हो।
त्यसैगरी मुस्कान ओभरसिज प्रा.लि. ३७७ जना कामदार पठाएर दोस्रो स्थानमा रहँदा आर्कटिक ओभरसिज प्रा.लि. (आर्कटिक इन्टरनेसनल) ३४४ जना कामदारसहित तेस्रो स्थानमा परेको छ।
चैत महिनामा सयभन्दा बढी कामदार विदेश पठाउने अन्य मेनपावर कम्पनीहरूमा मोन्टेज ओभरसिज (३०८), गल्फ जब्स हन्ट्स मेनपावर/पास इन्टरनेसनल (२५३), गुरुङ म्यानेजमेन्ट ओभरसिज (२५२), भण्डारी ओभरसिज (२४७), ग्रान्ड सुइट जब (२३५), इन्टरनेसनल मेनपावर रिक्रुटमेन्ट (२१०), मिनावा रिक्रुटमेन्ट एचआर/इशामान मेनपावर (१८५), भूमिपुत्र फरेन इम्प्लोइमेन्ट सर्भिस (१७६), विन रिक्रुटमेन्ट (१७२), एच.के. इम्प्लोइमेन्ट सर्भिस (१४८), डी.एन. मेनपावर (१४२), दित्य इन्टरनेसनल (१४२), अल–मुन ओभरसिज (१४१), एस एन्ड एस ह्युमन रिसोर्स (१३६), बज्र ह्युमन रिसोर्स (१३५), कल्याण ओभरसिज (१३३), सप्तकोशी ह्युमन रिसोर्स (१२३), ग्रेस ओभरसिज (१२३), मेरिडियन ओभरसिज (१०९), बी.एस. ओभरसिज (१०६) र बेर्जया रिसोर्सेस/निर्वाण एचआर (१०२) रहेका छन्।
वैदेशिक रोजगारीप्रतिको आकर्षण उच्च रहँदा मेनपावर कम्पनीहरूको भूमिका अझ महत्वपूर्ण बन्दै गएको छ। मध्यपुर्व द्वन्दका कारण कामदार पठाउने संख्यामा तिब्र कमि आएपनी मलेसिया रोजगारीका कारण यति संख्या उडेको हो ।
यसैगरी मेनपावरको सेवा गुणस्तर, पारदर्शिता, लागत नियन्त्रण र श्रमिक सुरक्षाजस्ता पक्षमा अझ कडाइ आवश्यक रहेको सरोकारवालाहरूको धारणा छ।
रेमिटेन्समा आधारित नेपाली अर्थतन्त्रका लागि वैदेशिक रोजगारी मुख्य आधार बनेको अवस्थामा मेनपावर कम्पनीहरूको जिम्मेवारी केवल संख्यात्मक उपलब्धिमा सीमित नरही श्रमिकको हित संरक्षणतर्फ केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार