आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एमएडब्लु वृद्धिको मेगा एक्सचेन्जमा ईभीप्रति ग्राहकको आकर्षण बढ्दो

शनिबार, चैत्र १४ २०८२

काठमाडौँ(जस)–ग्राहकको उत्साहजनक सहभागितासहित एमएडब्लु वृद्धिको देशव्यापी ‘मेगा एक्सचेन्ज कार्निभल’ सम्पन्न भएको छ । कार्निभलमा लोकप्रिय विद्युतीय सवारी (इभी) ब्रान्डहरू दिपल, नामी, अवतार र सेरेसलाई एउटै प्लेटफर्ममा प्रस्तुत गरिएको थियो । प्रविधिमै अब्बल र आकर्षक डिजाइनयुक्त इभीमा अपग्रेड हुन चाहने ग्राहकहरूको उल्लेख्य उपस्थिति देखिएको आयोजकले जनाएको छ ।
बिहीबारदेखि शनिबारसम्म सञ्चालन भएको मेगा एक्सचेन्ज काठमाडौंको सिल्भर ओक, पुल्चोकस्थित संस्कार फाइन डाइन, राधेराधेको हेरिटेज प्यालेस तथा काठमाडौंबाहिर दिपल र नामीका आ–आफ्ना सोरुममा आयोजना गरिएको थियो । कार्निभलमा सहभागी ग्राहकले प्रत्यक्ष नगद छुट, पुराना सवारीसाधनको उच्चतम् बजार मूल्यांकन, आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क बीमा तथा चार्जिङ प्याकेज र नेपालकै सबैभन्दा लामो एक्स्टेन्डेड वारेन्टीजस्ता सुविधाहरू प्राप्त गरेका थिए ।
उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रियाले नेपालमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षण झल्किएको छ । बढ्दो इन्धन मूल्य, वातावरणीय सचेतना र सहज एक्सचेन्ज सुविधाका कारण ग्राहकहरू कार्निभलप्रति आकर्षित भएका छन् । कार्यक्रमलाई थप आकर्षक बनाउन रोबोटिक शो, किड्स जोन, विभिन्न खेल तथा फुड स्टलसमेत राखिएको थियो, जसले सबै उमेर समूहका आगन्तुकलाई मनोरञ्जनात्मक र अन्तरक्रियात्मक अनुभव प्रदान गरिरहेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार