शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

एनआईसी एशिया बैंकको लिलाम सम्पत्ति विवरण अब अनलाइन पोर्टलमा

मंगलबार, चैत्र ३ २०८२

काठमाडौं(जस)–एनआईसी एशिया बैंकले आफ्नो नाममा रहेका बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी दिन अनलाइन पोर्टल सार्वजनिक गरेको छ ।
बैंकका अनुसार उक्त पोर्टलमार्फत लिलाममा राखिएका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा स्थान पहिचानका लागि गुगल म्यापस् सहितको विवरण उपलब्ध गराइएको छ । ग्राहकले लिलाम सम्बन्धी सूचनामा समावेश क्युआर कोड स्क्यान गरी पोर्टलमा प्रवेश गरेर आवश्यक जानकारी लिन सक्नेछन् ।
यसका साथै, इच्छुक खरिदकर्ताले कुनै सम्पत्तिबारे थप जानकारी लिन चाहेमा पोर्टलमै रहेको म्यासेज बक्समार्फत आफ्नो नाम, इमेल, मोबाइल नम्बर र ठेगाना उल्लेख गरी सिधै बैंकसँग सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकले सो पोर्टलमा नियमित रूपमा नयाँ लिलाम सूचना तथा सम्पत्ति विवरण अद्यावधिक गर्दै जाने जनाएको छ । लिलाममा रुचि राख्नेहरूले अनलाइनमार्फतै सम्पूर्ण जानकारी प्राप्त गरी लाभ लिन सक्ने विश्वास बैंकको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार