मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

एमालेका अध्यक्ष ओलीलाई समवेदना दिन गुण्डुमा प्रधानमन्त्री कार्की

आइतबार, चैत्र १ २०८२

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना दिन उनको निवास भक्तपुर गुण्डु पुगेकी छिन् ।

पिता मोहनप्रसाद ओलीको निधनपछि शोकमा रहेका अध्यक्ष ओलीलाई सान्तवना दिन प्रधानमन्त्री कार्की गुण्डु पुगेकी हुन् । उनले ओलीका पिता मोहनप्रसादको तस्वीरमा श्रद्धाञ्जली अर्पण गरेकी छिन् । यसअघि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी गुण्डु पुगेर अध्यक्ष ओलीलाई सान्तवना दिएकी थिइन्

ओलीका पिताको ९७ वर्षको उमेरमा भक्तपुरको नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको थियो। ओलीलाई यसअघि नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता वालेन शाहलगायतले समवेदना व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार