मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

भोजपुरमा रुख ढाल्ने क्रममा पुल भत्कियो

मंगलबार, फाल्गुन २६ २०८२

भोजपुर, २६ फागुनः भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ नागीस्थित हुँगे खोला महभिर झर्ना नजिक रहेको पुल रुख ढाल्ने क्रममा भत्किएको छ । स्थानीय गणेश राईले घर निर्माणका लागि रुख ढाल्ने क्रममा नियन्त्रण गुम्दा अचानक रुखले पुलमा क्षति पुगेको स्थानीयले जनाएका छन् ।

स्थानीय बासिन्दाले दैनिक आवतजावतका लागि प्रयोग गर्दै आएको उक्त पुल भत्किएपछि आसपासका बस्तीका नागरिकलाई आवतजावतमा समस्या भएको छ । पुल पुनःनिर्माण वा मर्मतका लागि सम्बन्धित निकायले चाँडो पहल गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार