काठमाडौँ(जस)–नेपाली बजारमा सोमबारसुनको मूल्य ३ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य ३ लाख १३ हजार २०० रुंपैयाँमा कारोबार भएको हो
आइतबार सुनको मूल्य ३ लाख १६ हजार ९ सय रुंपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको हो । सोमबार चाँदी मूल्य तोलामा ५ हजार ४१० रुपैयाँमा कारोबार भयो ।