बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

हुवावेले दुर्गम क्षेत्रमा १७ करोड मानिसलाई डिजिटल सञ्जालसँग जोड्यो

मंगलबार, फाल्गुन १९ २०८२

बार्सिलोना । हुवावे टेक्नोलोजीले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ अन्तर्गत रहेको पार्टनर टु कनेक्ट डिजिटल गठबन्धनको प्रतिबद्धता लक्ष्यलाई पार गरेको छ । कम्पनीले ८० भन्दा बढी देशका दुर्गम क्षेत्रका करिब १७ करोड मानिसलाई डिजिटल कनेक्टिभिटीमा जोडेको छ । हुवावे आईसीटी व्यवसाय समूहका प्रमुख कार्यकारी अधिकृत याङ चाओबिनले स्पेनको बार्सिलोनामा आयोजित कम्पनीको प्रविधि सम्बन्धी कार्यक्रम टेक केयर्स फोरममा उक्त जानकारी दिएका हुन् ।
सन् २०२२ मा आईटीयू पी२सी डिजिटल गठबन्धनमा सहभागी हुँदा हुवावेले सन् २०२५ सम्म दुर्गम क्षेत्रमा १२ करोड मानिसलाई डिजिटल सञ्जालसँग जोड्ने प्रतिबद्धता जनाएको थियो । तर हाल कम्पनीले लक्ष्यभन्दा बढी उपलब्धि हासिल गर्दै १७ करोड मानिससम्म कनेक्टिभिटी विस्तार गरेको छ । कार्यक्रममा याङ चाओबिनले कृत्रिम बौद्धिकता (एआई) को तीव्र विकास भइरहे पनि डिजिटल विभाजन अझै कायम रहेको र यसले थप फराकिलो हुने जोखिम रहेको बताए । समावेशी र दिगो एआई युगका लागि उच्च–गतिको डिजिटल सञ्जाल र शक्तिशाली कम्प्युटिङ क्षमता आधारभूत आवश्यकता भएको उनको भनाइ थियो । आईटीयू दूरसञ्चार विकास ब्यूरोका निर्देशक कोस्मास जावाजाभाले डिजिटल विभाजन न्यूनीकरणमा हुवावेले पु¥याएको योगदानको प्रशंसा गरे ।
ग्रामीण तथा सेवा–विहीन समुदायलाई जोड्न नवप्रवर्तनमूलक व्यवसायिक मोडेल, समावेशी दृष्टिकोण, सञ्चार स्रोतको प्रभावकारी उपयोग र स्थानीय क्षमतामा निरन्तर लगानी आवश्यक रहेको उनले बताए । हुवावे सार्वजनिक मामिला तथा सञ्चार विभागका अध्यक्ष जेफ वाङका अनुसार डिजिटल समावेशीकरण दुई आधारमा केन्द्रित छ, समावेशी कनेक्टिभिटी र डिजिटल सीप सशक्तीकरण । डिजिटल सीप अभाव समाधान गर्न कम्पनीले सरकार तथा विभिन्न संस्थासँग सहकार्य गर्दै विद्यार्थी, युवा, ज्येष्ठ नागरिक र महिलाका लागि डिजिटल पहुँच विस्तार, सीप तालिम तथा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित पाठ्यक्रम विकास कार्यक्रम सञ्चालन गरिरहेको छ । सन् २०१९ मा सुरु गरिएको स्किल्स अन ह्वील्स कार्यक्रममार्फत २१ देशका करिब १ लाख ३० हजार मानिसलाई मोबाइल डिजिटल तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ ।
ग्रामीण सञ्जाल प्रविधि विकासका क्रममा हुवावेले सन् २०१७ देखि ग्रामीण श्रृंखला समाधानलाई निरन्तर स्तरोन्नति गर्दै आएको छ । नोभेम्बर २०२५ मा सुरु गरिएको हुवावे ग्रामीण काउ समाधानमार्फत नाइजेरियाको एमटिएन नाइजेरिया सँगको सहकार्यमा करिब १५ सय जनसंख्या रहेको गाउँसम्म दूरसञ्चार सेवा विस्तार गरिएको छ । यी प्रविधिगत समाधानहरूले १७ करोड मानिससम्म डिजिटल कनेक्टिभिटी पु¥याउने लक्ष्य हासिल गर्न सहयोग पु¥याएको कम्पनीले जनाएको छ । आगामी दिनमा हुवावेले ग्रामीण सञ्जाल प्रविधिमा नवप्रवर्तनलाई निरन्तरता दिँदै खुला सहकार्य र डिजिटल सीप सशक्तीकरण कार्यक्रमलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।–एजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार