इमरान खान
रुपन्देही । यहि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत नेकपा (एमाले)ले रुपन्देही निर्वाचन क्षेत्र नं ४ का उम्मेदवार प्रमोद कुमार यादवको प्रचार–प्रसार गतिविधिलाई तीव्र बनाएको छ । पार्टीको सबैभन्दा बलियो संगठन मानिने सम्मरीमाई गाउँपालिकाका जल्दो बल्दो युवा नेता तथा पुर्वमेयर जितेन्द्रनाथ शुक्ला उर्फ बब्लु शुक्लाको सपोर्टले यस क्षेत्रमा यतिबेला नेता तथा कार्यकर्ता चुनावी अभियानमा सक्रिय देखिएका छन्।
कोटीमाई गाउँपालिकामा आयोजित घरदैलो कार्यक्रम बोल्दै नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवार तथा युवा नेता प्रमोद कुमार यादवले प्रतिस्पर्धी पक्षबाट विभिन्न किसिमका अफवाह फैलाइँदै आएको बताउनुभयो । पुर्वी क्षेत्रमा एमालेको संगठन कमजोर रहेको र उम्मेदवार परिचित नभएको भन्ने भ्रम फैलाइएको भन्दै उहाँले त्यसप्रति खण्डन गर्नुभयो ।
उम्मेदवार गुप्ताले आफू घरदैलो अभियानमा जाँदा पुर्वी क्षेत्रका तथा रुपन्देही क्षेत्र नम्बर ४ का मदाताबाट व्यापक साथ, सहयोग र सकारात्मक प्रतिक्रिया पाएको बताउनुभयो । उहाँका अनुसार एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले गरेका विकास निर्माण तथा जनमुखी कामका कारण मतदाता उत्साहित देखिएका छन । रुपन्देही क्षेत्र नं। ४ विकास, पूर्वाधार र समृद्धिका हिसाबले अग्रपंक्तिमा रहेको र त्यसको प्रमुख श्रेय एमाले जितेन्द्र नाथ शुक्ला उर्फ बब्लु शुक्ला को नेतृत्वलाई जाने कुरा पनि उहाँले मतदाता माझ स्पष्ट पार्नुभयो ।
त्यस्तैगरी घरदैलो कार्यक्रममा सम्मरीमाई गाउँपालिकाका जल्दो बल्दो युवा नेता तथा पुर्वमेयर जितेन्द्रनाथ शुक्लाले आगामी दुई वर्षभित्रै गरिएका जनतासँग प्रतिबद्धता पूरा हुने विश्वास व्यक्त गर्नुभयो । आफू मेयर नहुँदा पनि मर्चवार क्षेत्रका जनताका लागी तथा समग्र मर्चवारबासीहरुका लागि आफ्नो अवाज उठाउदै आउनुभएको तथा विकास बेरोजगार युवाहरुलाई रोजगारको व्यवस्था का कार्यक्रमहरु गर्दै आइरहेको र बाँकी बाटोघाटो लगायतका सम्पूर्ण प्रतिबद्धता, योजनाहरू पनि १–२ वर्षभित्रै पूरा गरिने आश्वासन बब्लु शुक्लाले दिनुभयो । उनका अनुसार हिजोको रुपन्देही क्षेत्र नम्बर ४ मर्चवार र आजको रुपन्देही मर्चवारमा परिवर्तन शुन्य देखिएको र सडक, भवन तथा अन्य पूर्वाधार निर्माणमा कुनै पनि प्रगति नभएको उल्लेख गर्नुभयो ।

राष्ट्रियता, समृद्धि र जनजीविकाको सवालमा एमालेले बलियो आधार तयार गरिरहेको बताउँदै उहाँले प्रमोद कुमार यादवले एमालेको जित अपरिहार्य रहेको धारणा राख्नुभयो ।
पुर्वमेयर बब्लु शुक्लाका अनुसार अहिले क्षेत्रका घरदैलो कार्यक्रमलाई अझ सशक्त, योजनाबद्ध र प्रभावकारी रूपमा अघि बढाइने, संगठनलाई थप चलायमान बनाइने तथा निर्वाचन लक्षित प्रचार–प्रसारलाई तीव्रता दिइने समेत जानकारी दिनुभयो । रुपन्देही क्षेत्र नम्बर ४ का जनताहरु एमालेमय बन्न पुगेको छ र हाम्रा उम्मेदवार प्रमोद कुमार यादवलाई आफ्नो अमुल्य मत दि बिजयी गराउन सम्पुर्ण जनसमुदायहरुमा अनुरोध पनि गर्नु भएको छ । घरदैलो कार्यक्रम अन्तर्गत नेकपा एमालेका उम्मेदवार प्रमोद कुमार यादवलाई हेरेर गरिब असाहय गाउँका जनताहरुको आँखामा आसु समेत आको थियो ।