सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

जुम्लामा भ्यान दुर्घटना हुँदा सात जना निर्वाचन प्रहरी घाइते

बिहिबार, फाल्गुन ७ २०८२

‎सिँजा, जुम्ला, फागुन । जुम्लामा भ्यान दुर्घटना हुँदा सात जना निर्वाचन प्रहरी घाइते भएका छन् । बिहीबार जुम्ला बजारदेखि नाग्मतर्फ जाँदै गरेको भे। १ ज। ८१८ नम्बरको इलेक्ट्रोनिक भ्यान तातोपानी गाउँपालिका(६, धौलापानीमा दुर्घटना हुँदा सवार सात जना निर्वाचन प्रहरी घाइते भएका हुन् ।

‎भ्यानमा सवार सातै जना निर्वाचन प्रहरी घाइते भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको जिल्ला प्रमख कार्यालय जुम्लाका प्रमुख रविनबाबु रेग्मीले बताउनुभयो । उहाँका अनुसार घाइते सात जना मध्य २ जनाको अवस्था गम्भिर रहेको जानकारी गराउनुभयो । घाइतेको पहिचान खुल्न बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार