बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

फोटोन धनगढीमा क्षेत्रीय ग्राहक भेटघाटबाट विश्वास र सम्बन्ध विस्तार

आइतबार, माघ २५ २०८२

काठमाडौं(जस)–फोटोन मोटर्स नेपालले धनगढीमा ग्राहक र ब्रान्ड प्रतिनिधिहरूलाई एकै स्थानमा समेट्दै ुक्तचभलनतजभलष्लन ऋगकतयmभच त्चगकत त्जचयगनज म्ष्चभअत भ्लनबनझभलत’ भन्ने मूल नारासहितको ग्राहक भेटघाट कार्यक्रम आयोजना गरेको छ । फोटोनको आफ्ना ग्राहकसँग नजिक रहेर दीर्घकालीन सम्बन्ध निर्माण गर्ने निरन्तरको प्रयासअनुरुप कार्यक्रम आयोजना गरिएको थियो ।
यस ग्राहक भेटघाटको मुख्य उद्देश्य प्रत्यक्ष अन्तरक्रियामार्फत फोटोन सवारीसाधनको ‘कस्टमर फस्र्ट’ दृष्टिकोणलाई अझ मजबुत बनाउनु रहेको थियो । कार्यक्रममा विश्वास निर्माण, ग्राहक अनुभव बुझ्ने, फिडब्याक संकलन गर्ने तथा नेपालको पश्चिमी क्षेत्रका ग्राहकहरूसँग दीर्घकालीन सम्बन्ध सुदृढ गर्ने विषयमा विशेष ध्यान दिइएको थियो । ‘धनगढी कस्टमर मीट’ले ग्राहकहरूलाई फोटोन टिमसँग प्रत्यक्ष संवाद गर्न खुला मञ्च प्रदान गरेको थियो । ग्राहकहरूले गाडीको प्रदर्शन, सर्भिस सपोर्ट र दैनिक सञ्चालनसँग सम्बन्धित आफ्ना अनुभवहरू साझा गरेका थिए भने ब्रान्डसँगका आफ्ना भावी अपेक्षाहरूबारे छलफल पनि गरेका थिए । यी अन्तरक्रियाहरूले फोटोनलाई क्षेत्रीय सञ्चालन अवस्था र ग्राहक आवश्यकताबारे महत्वपूर्ण जानकारी प्राप्त गर्न सहयोग पु¥याएको थियो ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा फोटोनका विभिन्न सवारीसाधनहरूप्रदर्शन गरिएको थियो, जसमा टुनल्यान्ड जी७, माउन्टेन ईभी, लो रूफ भ्यान र सोकोन ईभी भ्यान समावेश थिए । यस प्रदर्शनमार्फत ग्राहकहरूले फोटोनका व्यावसायिक तथा विद्युतीय सवारीसाधनहरूलाई नजिकबाट अवलोकन गर्दै नेपालका बदलिँदा मोबिलिटी आवश्यकताहरूलाई कसरी सम्बोधन गरिएको छ भन्ने जानकारी लिने मौका पाएका थिए । भेटघाटका क्रममा फोटोनले दीर्घकालीन विश्वास निर्माणमा प्रत्यक्ष ग्राहक संवादको भूमिकालाई जोड दिएको थियो ।
ब्रान्डले वास्तविक प्रयोगबाट प्राप्त प्रतिक्रियालाई सुन्ने र त्यसका आधारमा स्वामित्व अनुभव सुधार गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहो¥यायो । साथै, फोटोनले बिक्रीमा मात्र केन्द्रित नभई नेपालकै लागि विशेष रूपले तयार व्यावसायिक मोबिलिटी सोलुसन्स र दीर्घकालीन साझेदारी निर्माण गर्ने आफ्नो दृष्टिकोण पनि स्पष्ट ग¥यो । फोटोनको १५३ भन्दा बढी स्थानमा रहेको चार्जिङ नेटवर्क र धनगढी क्षेत्रमा विस्तार भइरहेको चार्जिङ पूर्वाधारबारे पनि जानकारी दिइएको थियो । यस ग्राहक भेटघाटमार्फत फोटोनले धनगढीका ग्राहकहरूसँग पारदर्शी संवाद, भरपर्दो सहयोग र दीर्घकालीन साझेदारीप्रतिको आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्दै ब्रान्ड र यसको सेवा संयन्त्रप्रतिको विश्वास अझ सुदृढ बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार